आत्माहत्याको प्रति ख्रीष्टियनहरुका दृष्टिकोण कस्तो हुन्छ? बाइबलले आत्माहत्या बारेमा के भन्दछ?

प्रश्न आत्माहत्याको प्रति ख्रीष्टियनहरुका दृष्टिकोण कस्तो हुन्छ? बाइबलले आत्माहत्या बारेमा के भन्दछ? उत्तर बाइबलले छ वटा विशेष व्यक्तिहरुले आत्माहत्या गरेको कुराको उल्लेख गर्दछ: अबीमेलेक (न्यायकर्ता ९:५४), शाऊल (१ शामुएल ३१:४), शाऊलले हतियार बोक्ने (१ शामुल ३१:४-६), अहीतोपेल (२ शामुएल १७:२३), जिम्री (१ राजा १६:१८), यहूदा (मत्ती २७:५)। तिनीहरु मध्येका पाँच जना दुष्ट, पापी थिए। (शाऊलको…

प्रश्न

आत्माहत्याको प्रति ख्रीष्टियनहरुका दृष्टिकोण कस्तो हुन्छ? बाइबलले आत्माहत्या बारेमा के भन्दछ?

उत्तर

बाइबलले छ वटा विशेष व्यक्तिहरुले आत्माहत्या गरेको कुराको उल्लेख गर्दछ: अबीमेलेक (न्यायकर्ता ९:५४), शाऊल (१ शामुएल ३१:४), शाऊलले हतियार बोक्ने (१ शामुल ३१:४-६), अहीतोपेल (२ शामुएल १७:२३), जिम्री (१ राजा १६:१८), यहूदा (मत्ती २७:५)। तिनीहरु मध्येका पाँच जना दुष्ट, पापी थिए। (शाऊलको हतियार बोक्नेको सम्बन्धमा धेरै भनिएको पाईदैन जसको कारण उसको चरित्रको बारे न्याय गर्न सकिदैन)। कसैले विचार गर्छन् कि शिमशोन पनि एक आत्माहत्याको उद्धाहरण हो (न्यायकर्ता १६:२६-३१), तर शिमशोनको उदेश्य भनेको पलिश्तीहरुलाई मार्न थियो आफैलाई होइन। बाइबलले आत्माहत्यालाई हत्या कै बराबरमा हेर्दछ, जुन यस्तो कार्य हो जसमा— आफैलाई मार्नु हो। एउटा व्यक्ति कहिले र कसरी मर्नुपर्छ भन्ने निर्णय गर्ने परमेश्वर मात्र हुनहुन्छ।

बाइबल अनुसार, यदि एउटा व्यक्तिले आत्माहत्या गर्छ भने ऊ स्वर्गभित्र प्रवेश पाउँछ वा पाउदैन भन्ने कुराको निर्धारण हुदैन। यदि एउटा मुक्ति नपाएको व्यक्तिले आत्माहत्या गर्दछ भने, तिनीले केहि नगरेर यसको वा उनको नरक कुण्डतिरको यात्रालाई “शीघ्र” पुरा गर्दछ। तैपनि, आत्माहत्या गरेर मरेको व्यक्ति ख्रीष्टद्वाराको मुक्तिलाई इन्कार गरेको कारण नै अन्तिम नरकमा जानेछ, उसले आत्माहत्या गरेको कारणले चाहिँ होईन। बाइबलले एउटा ख्रीष्टियनले आत्माहत्या गर्ने बारेमा के बताउँदछ? बाइबलले सिकाउछ कि एउटा व्यक्तिले ख्रिष्टमा साँचो रुपले विश्वास गरेको क्षण देखि, हामीहरुलाई अनन्तको प्रत्याभूति दिएको छ (यूहन्ना ३:१६)। बाइबल अनुसार, ख्रिष्टियनहरु कुनै शंका बिना जो थाहा गर्न सक्छन कि उनीहरुसँग अनन्त जीवन छ (१ यूहन्ना ५:१३)। परमेश्वरको प्रेमबाट विश्वासीहरुलाई कुनै थोकले पनि अलग गर्न सक्दैन (रोमी ८ :३८-३९)। यदि “सृष्टि गरिएका थोकले” एउटा विश्वासीलाई परमेश्वरको प्रेम देखि अलग गर्न सक्छ भने, एउटा विश्वासी जसले आत्माहत्या गर्दछ ऊ पनि एक “सृष्टि गरिएका थोक” हो, त्यस कारण आत्माहत्याले पनि उसलाई परमेश्वरको प्रेमबाट अलग गर्न सक्नेछैन। येशू हाम्रो सबै पापहरुको निम्ती मर्नुभयो, र यदि एउटा साँचो विश्वासी हो भने, एक आत्मिक आक्रमणको वा कमजोरी मा आत्माहत्या गर्छ भने, त्यो एक पाप हो जसलाई ख्रीष्टको रगतले ढाकेको छ।

आत्माहत्या परमेश्वरको विरुद्धको गंभीर पाप हो। बाइबल अनुसार, आत्माहत्या हत्या हो; यो सधैं गलत हो। एक विश्वासी भनी दावी गर्ने तर आत्माहत्या गर्ने विश्वासीको विश्वासको वास्तविकता माथि गम्भीर शंका उठेका हुनेछन्। आफ्ना जीवन लिने विशेष एक विश्वासी, कशैलाई पनि उचित सिद्ध ठहरयाउने त्यँहा कुनै अवस्था छैन। यस्तो कुनै पनि परिस्थिति हुदैन जसले कोसैलाई सही ठहराउछ, विशेष गरि ख्रीष्टियन, जसले ऊ/उनि आफ्नो जीवन लिउन। ख्रीष्टियनहरु परमेश्वरको लागि जिउन बोलाएका हुन्, र उनीहरु कहिले मर्ने यो निर्णय केवल र केवल परमेश्वरको हातमा मात्र छ। यध्यपि यसले आत्माहत्याको विषयमा वर्णन नगरे तापनि, १ कोरिन्थी ३:१५ पदले चाहिँ आत्माहत्या गर्ने विश्वासीको बारेमा एक राम्रो व्याख्या गर्दछ: “तर त्यो आफै चाहिँ आगोबाट उम्केझैँ बाँच्नेछ।”

[English]



[नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश]

आत्माहत्याको प्रति ख्रीष्टियनहरुका दृष्टिकोण कस्तो हुन्छ? बाइबलले आत्माहत्या बारेमा के भन्दछ?

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.