किन परमेश्वरले इस्राएललाई उहाँको चुनिएको मानिसहरुको रूपमा चुन्नुभयो?

प्रश्न किन परमेश्वरले इस्राएललाई उहाँको चुनिएको मानिसहरुको रूपमा चुन्नुभयो? उत्तर इस्राएल देशको बारेमा भन्दै गर्दा, व्यवस्था 7:7-9 ले हामीलाई यो बताउद छ कि, “किन परमप्रभुले तिमीहरूलाई प्रेम गर्नु भयो अनि आफ्ना विशेष मानिसहरूको रूपमा रोज्नु भयो? यो यसकारण होइन कि तिमीहरू विशाल राष्ट्र छौ! तिमीहरूको जन संख्या अरू सबै भन्दा कम्ती छ। तर परमप्रभुले तिमीहरूलाई…

प्रश्न

किन परमेश्वरले इस्राएललाई उहाँको चुनिएको मानिसहरुको रूपमा चुन्नुभयो?

उत्तर

इस्राएल देशको बारेमा भन्दै गर्दा, व्यवस्था 7:7-9 ले हामीलाई यो बताउद छ कि, “किन परमप्रभुले तिमीहरूलाई प्रेम गर्नु भयो अनि आफ्ना विशेष मानिसहरूको रूपमा रोज्नु भयो? यो यसकारण होइन कि तिमीहरू विशाल राष्ट्र छौ! तिमीहरूको जन संख्या अरू सबै भन्दा कम्ती छ। तर परमप्रभुले तिमीहरूलाई आफ्नो महान् शक्तिद्वारा मिश्र देशबाट बाहिर निकाल्नु भयो, तिनीहरूको दासत्वबाट मुक्त गराउनु भयो र मिश्र देशका राजा फारोको नियन्त्रणबाट तिमीहरूलाई स्वतन्त्र बनाउनु भयो। किनभने परमप्रभुले तिमीहरूलाई प्रेम गर्नुहुन्छ अनि तिमीहरूका पिता-पुर्खाहरूसँग गरेको प्रतिज्ञा पूर्ण गर्नलाई यस्तो गर्नु भयो। यसकारण, सम्झना गर परमप्रभु तिमीहरूका परमेश्वर एक मात्र परमेश्वर हुनुहुन्छ जसलाई तिमीहरू विश्वास गर्न सक्छौ। उहाँ आफ्नो करार राख्नुहुन्छ; जसले उहाँलाई प्रेम गर्छ र उहाँका आज्ञाहरूको पालन गर्छ। उहाँ आफ्नो प्रेम दया दर्शाउनु हुन्छ, हजारौ पुस्तासम्म उहाँ आफ्नो दया र प्रेम देखाउनुहुन्छ।”

परमेश्वरले इस्राएल राष्ट्रलाई उहाँको मानिस हुनुको लागि चुन्नुभयो जस द्वारा येशू ख्रीष्ट- पाप र मृत्युबाट बचाउने उद्धारकर्तालाई जन्म लिनु थियो (यूहन्ना 3:16)। परमेश्वरले सबै भन्दा पहिले आदम र हव्वालाई पापमा परेको समय प्रतिज्ञा गर्नु भएको थियो (उत्पत्ति अध्याय 3)। परमेश्वरले पछि यो पुष्टि गर्नु भयो कि ख्रीष्ट अब्राहम, इसहाक र याकूबको वंशजमा आउनु हुनेछ (उत्पत्ति 12:1-3)। येशू ख्रीष्ट नै अन्तिम त्यो कारण हुनुहुन्छ जसको कारण परमेश्वरले इस्राएललाई उहाँको विशेष मानिस हुनको लागि चुन्नुभयो। परमेश्वरलाई चुनिएको मानिसहरुको केहि आवश्यकता छैन, तर उहाँले यसलाई यस्तै गरि गर्ने निर्णय लिनु भयो। येशूलाई कुनै न कुनै राष्ट्रको मानिसहरुबाट आउनु नै थियो, र त्येसैले परमेश्वरले इस्राएललाई चुन्नुभयो।

तर फेरी पनि, परमेश्वरले इस्राएललाई चुन्नु केवल ख्रीष्टलाई उत्पन्न गर्नुको उद्देश्य मात्र थिएन। परमेश्वरको इस्राएलको लागि इच्छा यो थियो कि उनीहरु अरुसंग जाने छन र उहाँको बारेमा उनीहरुलाई शिक्षा दिने छन्। इस्राएललाई यस संसारको लागि याजकहरु, भविष्यद्वक्ताहरु, मिशनरीहरुको समाज बन्न पर्ने थियो। परमेश्वरको इस्राएलको लागि मंशा एउटा विशेष मानिस हुनु थियो, एउटा यस्तो राष्ट्रको रूपमा जो अन्यहरुलाई परमेश्वरको तर्फ ल्याउन र उहाँले त्यसलाई एउटा छुटकारा दिने, ख्रीष्ट र उद्धारकर्ताको प्रतिज्ञा दिनुभयो। तर धेरै जसो समय, इस्राएल यस कार्य गर्नमा असफल भयो। तर फेरी पनि, परमेश्वरको इस्राएलको लागि अन्तिम उद्देश्य – ख्रीष्टलाई यस संसारमा ल्याउनु थियो – जो कि येशू ख्रीष्टको व्यक्तित्वमा पुरा रुपले पूर्ण भयो।

[English]



[नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश]

किन परमेश्वरले इस्राएललाई उहाँको चुनिएको मानिसहरुको रूपमा चुन्नुभयो?

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.