के आत्माका आश्चर्यमय वरदानहरु आजको लागि हुन्?

प्रश्न के आत्माका आश्चर्यमय वरदानहरु आजको लागि हुन्? उत्तर पहिला, आज पनि परमेश्वरले आश्चर्यकर्महरु गर्दै हुन्छ भन्ने कुनै प्रश्न होइन भनेर बुझ्न महत्वपूर्ण छ। आज परमेश्वरले मानिसहरुलाई चंगाई गर्नुहुन्न, मानिसहरुसँग बोल्नुहुन्न र आश्चर्यमय कामहरु र चिन्हहरु गर्नुहुन्न भनेर दावी गर्नु चाहिँ मूर्खतापूर्ण र बाइबल देखि बाहिरको कुरो हो। प्रश्न चाहिँ यो छ कि १कोरिन्थी १२-१४…

प्रश्न

के आत्माका आश्चर्यमय वरदानहरु आजको लागि हुन्?

उत्तर

पहिला, आज पनि परमेश्वरले आश्चर्यकर्महरु गर्दै हुन्छ भन्ने कुनै प्रश्न होइन भनेर बुझ्न महत्वपूर्ण छ। आज परमेश्वरले मानिसहरुलाई चंगाई गर्नुहुन्न, मानिसहरुसँग बोल्नुहुन्न र आश्चर्यमय कामहरु र चिन्हहरु गर्नुहुन्न भनेर दावी गर्नु चाहिँ मूर्खतापूर्ण र बाइबल देखि बाहिरको कुरो हो। प्रश्न चाहिँ यो छ कि १कोरिन्थी १२-१४ मा प्रारम्भिकरुपमा वर्णन गरिएको आत्माको आश्चर्यमय वरदानहरु आज पनि मण्डलीमा अझै सक्रिय छन् भन्ने हो। पवित्र आत्माले कसैलाई आश्चर्यमय वरदान दिन सक्नुहुन्छ भन्ने पनि कुनै प्रश्न होइन। प्रश्न चाहिँ यो छ कि आज पवित्र आत्माले अझै आश्चर्यमय वरदानहरु दिनुहुन्छ भन्ने हो। सबै कुराहरु भन्दा माथि, उहाँको इच्छा अनुसार वरदानहरु दिनलाई पवित्र आत्मा स्वातन्त्र हुनुहुन्छ भन्ने कुरालाई हामी पूर्णरुपले बुझ्दछौँ (१कोरिन्थी १२:७-११)।

प्रेरित पुस्तक र पत्रहरुमा, ठूलो मात्रामा आश्चर्यकर्महरु चाहिँ प्रेरितहरु र तिनीहरुका नजीकका मित्रहरुद्वारा गरिएका छन्। पावलले हामीलाई किन भन्ने को कारण दिदछ: “साँचो प्रेरितका लक्षणहरुचाहिँ पूरा धैर्यसाथ चिन्हहरु, चमत्कारहरु र शक्तिका कामहरुद्वारा तिमीहरुका बीचमा प्रकट गरिएका थिए” (२कोरिन्थी १२:१२)। यदि ख्रीष्टमा हरेक विश्वासी चिन्हहरु, आश्चर्यहरु गर्न सक्ने योग्यको हुन्थ्यो भनेता चिन्हहरु, आश्चर्यहरु, र शक्तिका कामहरु कुनै पनि हालतमा एउटा प्रेरितको पहिचान गर्ने चिन्ह हुनै सक्दैन थियो। प्रेरित २:२२ ले हामीलाई भन्दछ कि येशू “शक्तिका कामहरु,” “आश्चर्यकामहरु र चिन्हहरु” द्वारा “मान्य” हुनुहुन्थ्यो। त्यस्तैगरी, प्रेरितहरु तिनीहरुले गरेका आश्चर्यकर्महरुद्वारा परमेश्वरबाटको साँचो सन्देशवाहकको रुपमा “अंकित गरिएको” थिए। प्रेरित १४:३ ले पावल र बारणबासद्वारा गरिएको आश्चर्यकर्मद्वारा सुसमचारका सन्देशलाई “पुष्टि गरिएको” कुराको वर्णन गर्दछ।

१कोरिन्थी १२-१४ अध्यायले प्रारम्भिकरुपमा आत्माका वरदानहरुको विषयसँग सम्बन्ध राख्दछ। यस पाठबाट यस्तो देखिन्छ कि “साधारण” ख्रीष्टियनहरुलाई कहिलेकाहीं आश्चर्यमय वरदानहरु दिइन्थ्यो (१२:८-१०,२८-३०)। यो कति साधारण स्थान थियो भनेर त हामीलाई भनिएको छैन। माथिका कुराहरुबाट हामीले के सिक्यौं भने, प्रेरितहरुलाई चिन्हहरु र आश्चर्यहरुद्वारा अंकित गरिएको थियो अनि “साधारण” ख्रीष्टियनहरुलाई दिइएको आश्चर्यमय वरदानहरुचाहिँ एउटा नियम नभएर अपवाद मात्र जस्तो देखिन्थ्यो। प्रेरितहरु र तिनीहरुका नजीकका साहायकहरु बाहेक, नयाँ करारमा अरु मानिसहरुले आत्माको आश्चर्यमय वरदानहरुको प्रयोग गरेका कुरा विशेष रुपले कहीं पनि वर्णन गरिएको छैन।

यो पनि बुझ्नलाई महत्वपूर्ण छ कि, आज हामीहरुसँग जस्तोगरी शुरुवाती मण्डलीहरुसँग पूर्ण बाइबल थिएन (२तिमोथी ३:१६-१७)। त्यसकारण, परमेश्वरले तिनीहरुमा गर्न चाहनुभएको कुरा जान्नलाई शुरुवाती मण्डलीहरुमा अगमवाणी, ज्ञान, बुद्धि इत्यादिका वरदानहरु हुन जरुरी थियो। अगमवाणीका वरदानले विश्वासीहरुलाई परमेश्वरबाटको नयाँ सत्यता र प्रकाशसँग सञ्चार गर्न योग्यको बनाउँदथ्यो। अब, बाइबलमा परमेश्वरको प्रकाश पूरा भएकोले गर्दा, “प्रकट गराउने” वरदानहरुको कुनै आवश्यक पर्दैन, कमसे कम तिनीहरु नयाँ करारमा भए जस्तै सामर्थमा पर्दैन।

परमेश्वरले हरेक दिन आश्चर्यमय रीतिले मानिसहरुलाई चंगाई गर्नुहुन्छ। एउटा श्रव्य आवाजमा, अथवा हाम्रो हृदयमा अथवा प्रभाव र अनुभूतिहरुमा भएपनि परमेश्वर आज पनि हामीससँग बोलिरहनुभएको छ। परमेश्वरले अझैपनि चिन्हहरु, चमत्कारहरु र आश्चर्यकर्महरु गर्नुहुन्छ र कहिले काहीं एउटा साधारण ख्रीष्टियनद्वारा त्यस्ता आश्चर्यकर्महरु गर्नुहुन्छ। तापनि यस्ता कुराहरु आवश्यक रुपले आत्माको आश्चर्यमय वरदानहरु हुँदैनन्। आश्चर्यमय वरदानहरुको प्रारम्भिक उद्धेश्य चाहिँ साँचो सुसमचार थियो र प्रेरितहरु साँच्चै परमेश्वरका सन्देशवाहकहरु थिए भनेर प्रमाणित गर्न थियो। आश्चर्यमय वरदानहरु रोकिाएका छन् भनेर बाइबलले स्पष्ट रुपले भन्दैन, तर यसले यो आधार आवश्य राख्दछ कि किन अहिले त्यो परिमाणमा प्रकट हुदैन जसरी यो पहिला हुने गर्दथियो जुन नयाँ करारमा अभिलेख गरिएको पाइन्छ।

[English]



[नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश]

के आत्माका आश्चर्यमय वरदानहरु आजको लागि हुन्?

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.