के उद्धार विश्वासद्वारा मात्रै, वा विश्वास र कामहरद्वारा हुन्छ?

प्रश्न के उद्धार विश्वासद्वारा मात्रै, वा विश्वास र कामहरद्वारा हुन्छ? उत्तर सायद सबै ख्रीष्टियन धर्मशास्त्रहरुमा यो एउटा महत्वपुर्ण प्रश्न हो। यो प्रश्न सुधारको कारण हो, प्रोटेस्टेन्ट चर्च र क्याथोलिक चर्चको बिचमा विभाजन। यो प्रश्न बाइबलिय ख्रीष्टियवाद र धेरै जसो “ख्रीष्टियन’’ रितिरीवाजलाई जोड दिनेहरु (अगतिक) बीच एउटा प्रश्न भिन्नता हो। के उद्धार विश्वासद्वारा मात्रै, वा विश्वास…

प्रश्न

के उद्धार विश्वासद्वारा मात्रै, वा विश्वास र कामहरद्वारा हुन्छ?

उत्तर

सायद सबै ख्रीष्टियन धर्मशास्त्रहरुमा यो एउटा महत्वपुर्ण प्रश्न हो। यो प्रश्न सुधारको कारण हो, प्रोटेस्टेन्ट चर्च र क्याथोलिक चर्चको बिचमा विभाजन। यो प्रश्न बाइबलिय ख्रीष्टियवाद र धेरै जसो “ख्रीष्टियन’’ रितिरीवाजलाई जोड दिनेहरु (अगतिक) बीच एउटा प्रश्न भिन्नता हो। के उद्धार विश्वासद्वारा मात्रै, वा विश्वास र कार्यहरुद्वारा पाईन्छ? के म ख्रीष्टमा विश्वासद्वारा बाचाईन्छु, वा मैले यशूमा विश्वास गर्नु पर्छ र निश्चित कुराहरु गर्नुपर्छ?

विश्वासद्वारा मात्रै वा विश्वास र कामहरु भने प्रश्नलाई केहि पहिचान गर्न अप्ठ्यारो पर्ने बाइबलिय खण्डहरुले गाह्रो बनाएको छ। रोमी ३:२८, ५:१ र गलाती ३:२४ लाई याकूब २:२४ सँग तुलना गर्नुहोस्। कसैले पावल (विश्वासद्वारा मात्रै उद्धार छ) र याकूब (विश्वास र कामहरुद्वारा उद्धार छ) बीच एउटा भिन्नता पाउँछन्। पावल सिद्धान्तात्मक रुपमा भन्छन् कि विश्वासद्वारा मात्रै धर्मी ठहरिन्छ (एफिसी २:८-९), जब कि याकूबले यस्तो भनिरहेका पाइन्छ कि विश्वास र कामहरुद्वारा धर्मी ठहरिन्छ। यो प्रतयक्ष देखिने समस्यालाई याकूबले वास्तवमा के भनिरहेका छन् भनी जाँच्न सकिन्छ। एउटा व्यक्तिले कुनै पनि असल कामहरु नगरी विस्वास प्राप्त गर्न सक्छ भन्ने कुरालाई याकूबले खण्डन गरेका छन् (याकूब २:१७-१८)। याकूबले यो विषयमा जोड दिईरहेका छन् कि ख्रीष्टमा गरिएको साँचो विस्वासले एउटा परिवर्तित जीवन र असल कामहरु उत्पन्न गर्छ (याकूब २:२०-२६)। याकूबले भनिरहेका छैन्न कि विश्वास र कामहरुद्वारा धर्मी ठहरिन्छ, तर त्यसको सट्टामा एउटा व्यक्ति जो साँचो रुपमा विश्वासद्वारा धर्मी ठहरिन्छ उसको जीवनमा असल कामहरु हुनेछ भनि उनी भन्छन्। यदि एउटा व्यक्तिले विश्वासी हुँ भनी दाबी गर्छ, तर उसको जीवनमा कुनै असल काम छैन भने, त्यसपछि सम्भवत उसले ख्रीष्टमा साँचो विश्वास गरेको हुँदैन (याकूब २ :१४, १७,२०, २६)।

पावलले त्यहि कुरालाई उनको लेखमा भन्छन्। विश्वासीहरुको जीवनमा हुनुपर्ने असल फलहरुलाई गलाती ५ :२२-२६ मा सूची गरिएको छ। तुरन्तै हामीलाई यो भनिएको छ कि हामी विश्वासद्वारा बचाएका हौँ, कामहरुद्वारा होइन (एफिसी २:८-९), पावलले हामीलाई यो जानकारी दिन्छन् कि हामी असल कामहरु गर्नको निम्ति सृजिएका हौँ (एफिसी २:१०)। एउटा परिवर्तित जिवनको लागी याकूबले जतिकै पावलले अपेक्षा गरेका छन्: “यसकारण कोही ख्रीष्टमा छ भने त्यो नयाँ सृष्टि हो। पुरानो बितिगएको छ, हेर, नयाँ आएको छ’’ (२ कोरिन्यी ५:१७)। याकूब र पावल उद्धार बारे तिनिहरुको शिक्षामा असहमत छैनन्। तिनिहरुले एउटै विचारलाई फरक दृष्टिकोणबाट सहमती जनाएका छन्। पावलले केवल विश्वासद्वारा मात्रै धर्मी ठहरिन्छ भन्ने कुरालाई बढी जोड दिएका छन् भने याकूबले यो तथ्य कुरामा जोड दिएका छन् कि ख्रीष्टमा विश्वासले असल कामहरु उत्पन्न गर्द्छ।

[English]



[नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश]

के उद्धार विश्वासद्वारा मात्रै, वा विश्वास र कामहरद्वारा हुन्छ?

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.