के ख्रीष्टियनहरुलाई देशको कानूनको पालन गर्नु पर्छ?

प्रश्न के ख्रीष्टियनहरुलाई देशको कानूनको पालन गर्नु पर्छ? उत्तर रोमी 13:1-7 ले भन्छ कि, “हरेक व्यक्ति शासन गर्ने प्रशासकहरुका अधीनमा बसोस्; परमेश्वरबाट आएको अधिकार बाहेक अरु कुनै अधिकार हुदैन। जुन प्रशासकहरु छन्, त्यी परमेश्वरबाटै नियुक्त भएका हुन; यसकारण प्रशासकहरुका विरुद्धमा खडा हुनेले परमेश्वरबाट नियुक्त भएकाहरुको विरोद्ध गर्छ, र ज-जसले विरोद्ध गर्छन्, तिनीहरूले दण्डको आज्ञा पाउने…

प्रश्न

के ख्रीष्टियनहरुलाई देशको कानूनको पालन गर्नु पर्छ?

उत्तर

रोमी 13:1-7 ले भन्छ कि, “हरेक व्यक्ति शासन गर्ने प्रशासकहरुका अधीनमा बसोस्; परमेश्वरबाट आएको अधिकार बाहेक अरु कुनै अधिकार हुदैन। जुन प्रशासकहरु छन्, त्यी परमेश्वरबाटै नियुक्त भएका हुन; यसकारण प्रशासकहरुका विरुद्धमा खडा हुनेले परमेश्वरबाट नियुक्त भएकाहरुको विरोद्ध गर्छ, र ज-जसले विरोद्ध गर्छन्, तिनीहरूले दण्डको आज्ञा पाउने छन्; किनभने सुकर्मको निम्ति होइन, तर कुकर्मको निम्ति शासकहरुको डर मानिन्छ। के तिमी प्रशासकहरुको डरमा रहन चाँहदैनौ? त्यसो भए असल काम गर, र तिमीलाई तिनिबाट प्रशंसा मिल्नेछ। किनकी तिम्रो भलाईको निम्ति तिनी परमेश्वरका सेवक हुन्। यस कारण परमेश्वरको दण्डबाट बच्नलाई मात्र होइन, तर विवेकको निम्ति तिमी तिनका अधीनमा रहनु पर्छ। यसै कारणले पनि तिमी कर तिर्द्छौ। किनकी प्रशासकहरु यसै कामको निमि निरन्तर लागि रहेका परमेश्वरका सेवक हुन्। तिर्नु पर्ने कुरा सबै लाई तिर- कर तिर्नुपर्नेलाई कर, महसूल तिर्नुपर्नेलाई महसूल, आदर गर्नुपर्नेलाई आदर, इज्जत गर्नुपर्नेलाई इज्जत गर।”

यो संदर्भले प्रचुर मात्रको साथ स्पष्ट गरि दिन्छ कि हामीले सरकारको आज्ञा पालन गर्नु पर्छ जसलाई परमेश्वरले हाम्रो माथि राखी दिनु भएको छ। परमेश्वरले सरकारलाई व्यवस्था बनाए राख्न, खराबलाई सजाय दिन, र न्यायलाई बढ़ावा दिनको लागि सृजना गर्नु भयो (उत्पत्ति 9:6; 1 कोरिन्थी 14:33; रोमी12:8)। हामीले हरेक कुरामा सरकारको आज्ञापालन गर्नु पर्छ – कर तिर्नुमा, कानून र व्यवस्थाको पालन गर्नुमा र सम्मान देखाउनु मा। यदि हामीले यस्तो गर्दैनौ भने, त हामीले आखिरमा परमेश्वरको नै निरादर गर्छौ, किनकी उहाँले नै सरकारलाई हाम्रो माथि स्थापित गर्नु भयो। जब प्रेरित पावलले रोमीलाई यो पत्र लेखे, तब उनि नीरोको शासनको अधीन रोमी सरकारको अधीनमा थिए, जो शायद सबै रोमी सम्राटहरुमा सबै भन्दा खराब थिए। पावलले फेरी पनि रोमी सरकारलाई उनि माथि शासन गर्नलाई स्वीकार गर्दछन। हामीले यसलाई कम कसरी गर्न सक्छौं?

अर्को प्रश्न यो हो कि “के कहिले यस्तो समय आउछ, जब हामी जानी बुझी देशको कानूनको पालन गर्दैनौं?” यसको उत्तर प्रेरित 5:27-29 मा पाउन सकिन्छ “उनीहरुले तिनीहरुलाई ल्याएर महासभाको अगाडि खडा गराए, र प्रधान पुजारीले तिनीहरुलाई सोधे, हामीले तिमीहरुलाई यस नाँउमा केहि शिक्षा नदिने कडा आज्ञा दिएका थियौं, तर तिमीहरुले आफ्नो शिक्षाले सारा येरुशलेम भरि सक्यौ र त्यस मानिसका रक्तपातको दोष हामी माथि ल्याउन चाहन्छौ? तर पत्रुस र प्रेरितले भने, “हामीले मानिसहरूको होइन तर परमेश्वरको आज्ञा पालन गर्ने पर्छ!” यसमा, स्पष्ट हुन्छ कि जब सम्म देशको कानून परमेश्वरको व्यवस्थाको विरोधाभासमा हुनुहुन्न, हामीले देशको कानूनको पालन गर्नलाई विवश छौ। जसरी देशको कानून परमेश्वरको आदेशको विरोधाभास, हामीलाई देशको कानूनको आज्ञाको पालन गर्नु पर्दैन र परमेश्वरको व्यवस्थाको पालन गर्नु पर्छ। तर फेरी पनि, यस उदाहरणमा, हामीलाई सरकारको हाम्रो माथि स्थापित गरिएको अधिकारको पालन गर्नु पर्छ। यो यस सत्यमा प्रदर्शित गरिएको छ कि पत्रुस र यूहन्नाले कोर्रा खानुको कुनै विरोध गरेनन, तर यसभन्दा आनन्दको कुरा जान्ने कि उनीहरुले परमेश्वरको आज्ञा पालनमा सतावटलाई सहन गरे (प्रेरित 5:40-42)।

[English]



[नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश]

के ख्रीष्टियनहरुलाई देशको कानूनको पालन गर्नु पर्छ?

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.