के जीवन साथीको हुनु जस्तो कुनै कुरा छ?

प्रश्न के जीवन साथीको हुनु जस्तो कुनै कुरा छ? उत्तर एक “जीवन साथी” वा प्राण नाथको लागि सामान्य विचार यो हो कि प्रत्येक व्यक्तिले एक अन्य व्यक्तिलाई जो कि उसको लागि एकदमै “सिद्ध साथी” हो, र यदि तपाईं यस जीवन साथीलाई छोडेर कोहि अरुसँग विवाह गर्नु हुन्छ, तब तपाईं कहिल्यै पनि खुश रहनु हुन्न। के…

प्रश्न

के जीवन साथीको हुनु जस्तो कुनै कुरा छ?

उत्तर

एक “जीवन साथी” वा प्राण नाथको लागि सामान्य विचार यो हो कि प्रत्येक व्यक्तिले एक अन्य व्यक्तिलाई जो कि उसको लागि एकदमै “सिद्ध साथी” हो, र यदि तपाईं यस जीवन साथीलाई छोडेर कोहि अरुसँग विवाह गर्नु हुन्छ, तब तपाईं कहिल्यै पनि खुश रहनु हुन्न। के प्राणको साथीको यो विचारधारा बाइबल आधारित हो? होइन, यस्तो एकदमै होइन। प्राणको साथी हुनको विचारधारालाई अक्सर उपयोग सम्बन्धविच्छेद लिनको लागि एउटा बहाना मात्र हो। त्यी मानिसहरु जो उनीहरुको विवाहहरु देखि खुशी छैनन धेरै पटक यो दावा गर्छन कि उनीहरुले आफ्नो प्राणको साथीको साथ विवाह गरेनन र त्यसैले उनीहरुलाई सम्बन्धविच्छेद चाहन्छन र उनीहरु आफ्नो प्राणको साँचो साथीको खोजी गर्न आरम्भ गर्छन। यो एउटा बहाना भन्दा धेरै कै पनि होइन, यो एउटा पूरा तरिकाले अन्धाधुन्ध बाइबल रहित बहाना हो। यदि तपाईं विवाहित हुनुहुन्छ, तब जुन व्यक्तिलाई तपाईंले विवाह गर्नु भयो उहीनै तपाईंको प्राणको साथी हो। मर्कूस 10:7-9 ले घोषणा गर्छ कि, “त्यसकारण कुनै मानिस आफ्नो बाबु र आमा त्याग्छ र आफ्ना स्वास्नीसँग बस्छ। अनि तब ती दुईजना एक हुन्छन्। यसकारण मानिसहरू अलग हुँदैन जसलाई परमेश्वरले एक बनाएका छन्। तिनी दुइजना रहँदैनन् एक हुन्छन।” एउटा पति र पत्नी “एक,” “एक तन,” “अब दुई होइन,” तर “एक भएका छन” र “एक अर्कासँग जोडिएका छन्” अर्थात् प्राणको साथी भएका छन्।

हुन सक्छ कि एक विवाह त्यस्तो एकता र आनन्दले भरिएको नहोला जस्तो एउटा जोडीले चाहन्छ। एउटा पति र पत्नीमा शारीरिक, भावनात्मक, र आत्मिक एकता नहोला जस्तो उनीहरुले प्राप्त गर्ने इच्छा राख्छन। तर यो घटनामा पनि, पति र पत्नी फेरि पनि प्राणको साथी हुन्। यस प्रकारको परिस्थितिमा एउटा जोडलाई “प्राणको साथी” को साँचो घनिष्ठतालाई निर्मित गर्नको लागि कार्य गर्नु पर्छ। विवाहको बारेमा बाइबलको शिक्षालाई पालन गर्दे (एफिसी 5:22-33), एउटा जोडीले घनिष्ठता, प्रेम, र समर्पणलाई निर्मित गर्न सक्छन जो कि “एक तन” भएको प्राणको साथीको साथमा हुन्छ। यदि तपाईं विवाहित हुनुहुन्छ भने, तब तपाईं आफ्नो प्राणको साथीको साथमा नै विवाहित हुनुहुन्छ। चाहे विवाहमा कति नै अमेल नै किन नहोस्, परमेश्वरले चंगाई, क्षमा, पुर्नस्थापना, र साँचो वैवाहिक प्रेम र मेल-मिलापलाई लिएर आउनु सक्नु हुन्छ।

के एउटा गलत व्यक्तिसँग विवाह हुन संभव छ? यदि हामी स्वयंलाई परमेश्वरलाई सुम्पिन्छौँ र उहाँको मार्गदर्शनको खोजी गरौँ भने, तब उहाँले हामीलाई निर्देश दिने प्रतिज्ञा गर्नु हुन्छ: “तिम्रो सम्पूर्ण हृदयले परमप्रभुमा भरोसा गर। तिम्रो आफ्नै बुद्धिमा मात्र भरनपर। तिम्रा सम्पूर्ण मार्गहरूमा परमप्रभुलाई सम्झ। उहाँले नै तिम्रा सबै मार्गहरू सोझो पारिदिनु हुनेछ” (हितोपदेश 3:5-6)। हितोपदेश 3:5-6 को उपयोग यो हो कि तपाईंले आफ्नो पूरा हृदयले यहोवा परमेश्वरको माथि भरोसा गर्नु हुदैन, र आफ्नो समझमा नै सहारा लिनु हुन्छ, तब तपाईं गलत दिशामा जानु सक्नु हुन्छ। हो, यो संभव छ, अनाज्ञाकारिता र परमेश्वरको साथ घनिष्ठ सम्बन्धको कमीको समयमा, कोहि यस्तोको साथ विवाह गर्नु जसको लागि उसको साथ विवाह गर्ने इच्छा छैन। यद्यपि, यहाँ सम्म कि यस प्रकारको घटनामा पनि, परमेश्वर प्रभुतासम्पन्न हुनुहुन्छ र सबै कुरा उहाँको नियन्त्रणमा छ।

जब कि त्यो विवाह परमेश्वरको इच्छामा थिएन, तर यो पनि उहाँको सर्वश्रेष्ट इच्छा र योजनाको भित्र छ। परमेश्वरले सम्बन्धविच्छेदलाई घृणा गर्नु हुन्छ (मलाकी 2:16), र “गलत व्यक्तिसँग विवाह गर्न” कहिल्यै पनि बाइबलमा सम्बन्धविच्छेद लिनको लागि आधारको रुपमा प्रस्तुत गरिएको छैन। यो दावा छ कि “मैले एक गलत व्यक्तिसँग विवाह गरे र म तब सम्म खुशी रहदीन जब सम्म आफ्नो साँचो प्राणको साथीलाई खोजी गर्दिन” दुईवटा यहाँ पक्षहरु बाइबल आधारित छैन। पहिलो, यो एउटा यस्तो दावा हो कि तपाईंको गलत निर्णयले परमेश्वरको इच्छाको माथि कार्य गर्यो र उहाँको योजनालाई नाश गरि दियो। दोस्रो, यो एउटा यस्तो दावा हो कि परमेश्वर संघर्षरहित विवाहलाई खुशहाल गर्न, एकतामा ल्याउन र सफल बनाउनको लागि योग्य हुनुहुन्न। जे सुकै हामीहरुले गर्छौँ त्यस मध्य केहि पनि परमेश्वरको सर्वश्रेष्ठ इच्छालाई भंग गर्न सक्छ। परमेश्वरले कुनै पनि दुई व्यक्तिहरुलाई लिन सक्नुहुन्छ, चाहे त्यो कति नै असमान किन नहोस्, र उनीहरु दुईलाई यस्तो मानिहरु मध्य आकार दिनु सक्नु हुन्छ जो कि एक अर्काको लागि पूर्ण हुनसक्छन।

यदि हामीले परमेश्वरको साथ घनिष्ठताको सम्बन्धमा बनी रह्यौं, तब उहाँले हाम्रो नेतृत्व र मार्गदर्शन गर्नु हुन्छ। यदि एक व्यक्ति प्रभुको साथमा हिडीरहेको र वास्वतमा उहाँको इच्छालाई खोजी गरि रहेको छ, तब परमेश्वरले त्यस व्यक्तिलाई उसको लागि इच्छित गरिएको जीवन साथीको तर्फ मार्गदर्शन दिनु हुन्छ। परमेश्वरले हामीलाई हाम्रो “प्राणको साथी” को लागि नेतृत्व दिनुहुन्छ यदि हामी उहाँको अधीनमा रह्यौं र उहाँको अनुसरण गर्यौं। जब कि, प्राणको साथी हुनु दुबै अर्थात् एक पद र एक अभ्यास हो। एउटा पति र पत्नी प्राणको साथी हुन्छन जब उनीहरु “एक तन” एक अर्काको साथ आत्मिक, शारीरिक र भावनात्मक रूपमा एकतामा रहन्छन। यद्यपि, अभ्यासमा, एक जोडीलाई जस्तो भएता पनि त्यसको माथि कार्य गर्न, र उनीहरुलाई दिन-प्रति-दिन वास्तविक बनाउने प्रक्रिया हुदछ। प्राणको साँचो सच्चा साथी हुनु केवल त्यति बेला मात्र संभव छ जब विवाहको लागि बाइबल आधारित नमूनाको उपयोग गरिन्छ।

[English]



[नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश]

के जीवन साथीको हुनु जस्तो कुनै कुरा छ?

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.