के परमेश्वरले दुष्टलाई सृष्टि गर्नुभयो?

प्रश्न के परमेश्वरले दुष्टलाई सृष्टि गर्नुभयो? उत्तर शुरुमा यस्तो देखिन्छ कि यदि परमेश्वरले सबै कुराहरुको सृष्टि गर्नुभयो भने, तब दुष्ट पनि परमेश्वरद्वार नै सृष्टि गरिएको हुनुपर्दछ। तापनि, दुष्ट कुनै चट्टान अथवा विद्युत जस्तो “वस्तु” होइन। तपाईंले दुष्टको कुनै भाँडो पाउन सक्नुहुन्न। दुष्टको आफैमा कुनै अस्तित्व छैन; यो वास्तवमै असलको अनुपस्थिति हो। उदाहरणको लागि, दूलोहरु साँचो…

प्रश्न

के परमेश्वरले दुष्टलाई सृष्टि गर्नुभयो?

उत्तर

शुरुमा यस्तो देखिन्छ कि यदि परमेश्वरले सबै कुराहरुको सृष्टि गर्नुभयो भने, तब दुष्ट पनि परमेश्वरद्वार नै सृष्टि गरिएको हुनुपर्दछ। तापनि, दुष्ट कुनै चट्टान अथवा विद्युत जस्तो “वस्तु” होइन। तपाईंले दुष्टको कुनै भाँडो पाउन सक्नुहुन्न। दुष्टको आफैमा कुनै अस्तित्व छैन; यो वास्तवमै असलको अनुपस्थिति हो। उदाहरणको लागि, दूलोहरु साँचो हुन् तर तिनीहरु कुनै कुरामा मात्र अस्तित्वमा हुँदछ। हामी माटोको अनुपस्थितिलाई दूलो भन्दछौँ, तर यसलाई माटोबाट अलग गर्न सकिदैन। त्यसैले जब परमेश्वरले सृष्टि गर्नुभयो यो साँचो कुरो हो कि उहाँले सृष्टि गर्नुभएको सबैकुरा असल थियो। परमेश्वरले बनाउनु भएको एउटा असल कुरा चाहिँ प्राणीहरु थियो जसलाई असल कुरा छान्ने स्वातन्त्रता थियो। एउटा साँचो छनौट हुनको लागि, परमेश्वरले असल छनौट बाहेक त्यहाँ केही बिकल्प दिनु पर्ने थियो। त्यसैले, परमेश्वरले यस्ता स्वातन्त्र दूतहरु र मानिसहरुलाई असल कुरो रोज्न अथवा असललाई इन्कार गर्न (दुष्ट) छनौट दिनु भयो। जब दुई असल कुराहरुको माझमा कुनै खराब सम्बन्ध अस्तित्वमा आउँदछ, हामी त्यसलाई दुष्ट भन्दछौँ, तर यो त्यस्तो “वस्तु” बन्दैन जसलाई सृष्टि गर्न परमेश्वरलाई आवश्यक पर्यो।

शायद अरु केही उदाहरणहरुले बुझ्नलाई सहायता गर्नेछ। यदि कुनै व्यक्तिलाई “के चिसो/जाडो अस्तित्वमा छ?” भनेर प्रश्न गरिन्छ भने, जवाफ “छ” भन्ने नै हुँदछ। तापनि, यो गलत हो। चिसो/जाडो को अस्तित्व हुँदैन। चिसो/जाडो तापको अनुपस्थिति हो। त्यसरी गरि नै, अन्धकारको अस्तित्व छैन; यो उज्यालोको अनुपस्थिति मात्र हो। दुष्ट असलको अनुपस्थिति हो, अझ असल रुपमा भन्नुपर्दा, दुष्ट परमेश्वरको अनुपस्थिति हो। परमेश्वरलाई दुष्टको सृष्टि गर्नु परेन, तर केवल असलको अनुपस्थितिको लागि अनुमति दिनु भयो।

परमेश्वरले दुष्टलाई सृष्टि गर्नुभएन, तर उहाँले दुष्टलाई अनुमति दिनु भयो। यदि परमेश्वरले दुष्टको सम्भावनालाई अनुमति नदिनु भएको भए, मानिसजाति र स्वर्गदूतहरु दुबैले परमेश्वरको निस्वार्थ होइन तर मजबूरीमा सेवा गर्ने थिए। उहाँले “रोबोटहरु” लाई चाहनुभएन जसले तिनीहरुमाथि राखिएको “यान्त्रिक प्रणाली” को कारण उहाँले तिनीहरुबाट चाहनु भएको कुरा मात्र गर्द थिए। परमेश्वरले दुष्टको सम्भावनालाई अनुमति दिनुभयो ताकि हामीले असली रुपमा एउटा स्वातन्त्र इच्छा प्राप्त गर्न सकौँअनि हामीले उहाँको सेवा गर्नु कि नगर्नु भनी रोज्न सकौँ।

असिमित अस्तित्वको रुपमा, हामी एकजना असीम परमेश्वरलाई कहिल्यै पनि पूर्णरुपले बुझ्न सक्दैनौँ (रोमी ११:३३–३४)। कहिलेकाहीं हामी सोच्दछौ कि हामी बुझ्दछौ परमेश्वरले यस्तो किन गर्नुहुन्छ भनेर, त्योचाहिँ केवल पछि गएर हामीले मूलरुपमा बुझ्छौं कि यो उद्धेश्यकोहामीले सोचेको भन्दा एउटा बेग्लै उद्धेश्यको लागि मात्र थियो। परमेश्वरले एउटा पवित्र र अनन्त उद्धेश्यबाट वस्तुहरुलाई हेर्नुहुन्छ। हामी वस्तुहरुलाई पापपूर्ण, संसारिक र क्षणिक दृष्टिकोणबाट हेर्दछौँ। आदम र हव्वाले पाप गर्नेथिए अनि त्यसैकारण सम्पूर्ण मानिसजातिमा दुष्ट, मृत्यु र कष्ट ल्याउनेथियो भनेर जान्दाजान्दै पनि परमेश्वरले पृथ्वीमा मानिसलाई किन राख्नुभयो? उहाँले हामी सबैलाई सृष्टि गर्नुभएर हामीलाई स्वर्गमा किन छोड्नु भएन जहाँ हामी सिद्ध हुनेथियौँ र विना कष्टमा हुनेथियौँ? यस्ता प्रश्नहरुले अनन्तताको यस पक्षलाई पर्याप्त मात्रामा जवाफ दिन सक्दैन। हामीले जान्न सक्ने यतिमात्र हो कि परमेश्वरले जे गर्नुहुन्छ त्यो पवित्र र सिद्ध छ अनि अन्त्यमा उहाँलाई महिमा दिनेछ। परमेश्वरले दुष्टको सम्भावनालाई यसकारण अनुमति दिनुभयो कि हामीले उहाँलाई आराधना गर्ने वा नगर्ने भन्ने सम्बन्धमा हामीलाई एउटा साँचो रोजाई लिन सकौँ। परमेश्वरले दुष्ट सृष्टि गर्नुभएन, तर उहाँले यसलाई अनुमति दिनुभयो। यदि उहाँले दुष्टलाई अनुमति नदिनु भएको थियो भने, हामीले त उहाँलाई बाध्यतामा आराधना गर्ने थियौँ, हाम्रा आफ्नै इच्छाको रोजाईमा होइन।

[English]



[नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश]

के परमेश्वरले दुष्टलाई सृष्टि गर्नुभयो?

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.