के येशूलाई शुक्रबार नै क्रूसमा टाँगिएको थियो?

प्रश्न के येशूलाई शुक्रबार नै क्रूसमा टाँगिएको थियो? उत्तर येशूलाई साताको कुन दिन क्रूसमा टाँगिएको थियो भनेर बाइबलले स्पष्टसँग उल्लेख गर्दैन। दुईओटा व्यापकरुपमा मानिलिएको विचारचाहिँ शुक्रबार र बुधबार हो। यद्यपि कसैले, शुक्रबार र बुधबार दुबैको वहसको संश्लेषणलाई प्रयोग गर्दै त्यो दिनचाहिँ बिहिबार हो भनी वहस गर्छन्। मत्ती १२:४० मा येशूले भन्नुभयो, “किनकि जसरी योना ठूलो…

प्रश्न

के येशूलाई शुक्रबार नै क्रूसमा टाँगिएको थियो?

उत्तर

येशूलाई साताको कुन दिन क्रूसमा टाँगिएको थियो भनेर बाइबलले स्पष्टसँग उल्लेख गर्दैन। दुईओटा व्यापकरुपमा मानिलिएको विचारचाहिँ शुक्रबार र बुधबार हो। यद्यपि कसैले, शुक्रबार र बुधबार दुबैको वहसको संश्लेषणलाई प्रयोग गर्दै त्यो दिनचाहिँ बिहिबार हो भनी वहस गर्छन्।

मत्ती १२:४० मा येशूले भन्नुभयो, “किनकि जसरी योना ठूलो माछाको पेटभित्र तीन दिन र तीन रात थिए, उसरी नै मानिसको पुत्र पनि पृथ्वीको गर्भमा तीन दिन र तीन रात रहनेछ।” शुक्रबारको क्रूसीकरणको लागि वहस गर्नेहरुले भन्दछन् कि तीन दिनको लागि उहाँ चिहानमा हुनसक्थे त्यहाँ अझै पनि एउटा वैद्य तरीका छ। पहिलो शताब्दीको यहूदी सोचाइमा, दिनको एक भागलाई एउटा पूरै दिनको रुपमा लिइन्थ्यो। किनकि येशू शुक्रबारको भाग, शनिबार पुरै र आइतबारको एक भाग चिहानमा हुनुभएकोले— उहाँ तीन दिनको लागि चिहानमा हुनुहुन्थ्यो भन्ने मानिस लिन सकिन्थ्यो। शुक्रबारको लागि एउटा मुख्य वहस चाहिँ मर्कूस १५:४२ मा पाइन्छ, जसले येशूलाई “शबाथको अघिल्लो दिन” क्रूसमा टाँगिएको थियो भनेर उल्लेख गरेको छ। यदि त्यो साप्ताहिक शबाथ थियो भने, अर्थात्, शनिबार, तब त्यस वास्तविकताले शुक्रबारको क्रूसीकरणलाई देखाउँछ। शुक्रबार क्रूसीकरणको अर्को वहसलाई मत्ती १६:२१ र लूका ९:२२ जस्ता पदहरुले येशू तेस्रो दिनमा बौरी उठ्नुभयो भनेर सिकाउँदछ; त्यसैले, उहाँलाई पूरै तीन दिन र तीन रात चिहानमा रहनु परेको थिएन। जबकि सबैले त होइन, तर केही अनुवादहरुले “तेस्रो दिन” लाई प्रयोग गरेकोले गर्दा, सबैजनाले यी पदहरु “तेस्रो दिनमा” उत्तम अनुवाद गर्ने तरीका हो भनेर सहमत हुँदैनन्। बरुअझै, मर्कूस ८:३१ ले येशू तीन दिन “पछि” बौरी उठ्नु हुनेछ भनेर भन्दछ।

बिहिबारको वहस चाहिँ शुक्रबारको दृष्टिकोणमा फैलिंदैछ अनि मुख्यरुपले शुक्रबार बेलुकी देखि आइतबार बिहानसम्म ख्रीष्टको दफन र आइतबार बिहानको बीचमा घटेका थुप्रै (कसैले त बीसओटा सम्म गनेका छन्) घटनाहरु छन् भनेर बहस गर्दछन्। बिहिबारको विचार राख्ने सिद्धान्तवादीहरुले यो विशेष गरेर एउटा समस्या हो भनी औंलाएका छन् किनकि शुक्रबार र आइतबारको बीचमा पूर्ण दिन चाहिँ शनिबारमात्र थियो, जुन चाहिँ यहूदीहरुको शबाथ थियो। एउटा थप एक अथवा दुई दिनले समस्या समाधान गर्दछ। बिहिबारका समर्थकले यी कारण देखाउन सक्दछ: मानिलिऔं तपाईंले कुनै मित्रलाई सोमबार बेलुकीदेखि देख्नुभएको छैन। अर्को पटक तपाईंले उनलाई बिहिबार बिहान देख्नुहुन्छ अनि तपाईंले भन्नुहुन्छ, “मैले तिमीलाई तीन दिनदेखि देखेको छैन्,” यद्यपि यसमा प्राविधिकरुपले केवल ६० घण्टा (२.५ दिन) मात्र भएको थियो। यदि येशूलाई बिहिबार क्रूसमा टाँगिएको थियो भने, यसलाई तीन दिन कसरी मान्न सकिन्छ भनेर यस उदाहरणले देखाउँदछ।

बुधबारको विचारले उल्लेख गर्दछ कि त्यस साता त्यहाँ दुईओटा शबाथहरु थिए। पहिलो शबाथ पछि (जुन चाहिँ क्रूसीकरणको बेलुकी भएको थियो [मर्कूस १५:४२; लूका २३:५२-५४]), स्त्रीहरुले सुगन्धित अत्तरहरु किनेका थिए— ध्यान दिनुहोस् तिनीहरुले शबाथपछि किनमेल गरेका थिए (मर्कूस १६:१)। बुधबारका विचाराधारीहरुले यो “शबाथ” चाहिँ निस्तारचाड (लेवी १६:२९-३१; २३:२४-३२, ३९ लाई हेर्नुहोस् जहाँ महा–पवित्र दिन, जुनचाहिँ साताको सातौं दिनलाई शबाथको रुपमा उल्लेख गरिएको छ), थियो भनेर मानिलिँदछन्। त्यस साताको दोस्रो शबाथ चाहिँ साधारण साप्ताहिक शबाथ थियो। ध्यान दिनुहोस् कि लूका २३:५६ मा, पहिलो शबाथपछि अत्तर किन्ने स्त्रीहरु फर्के र अत्तर तयार पारे, त्यसपछि “शबाथमा विश्राम लिए” (लूका २३:५६)। शबाथपछि तिनीहरुले अत्तरहरु किन्न सक्दैनथिए, यद्यपि त्यहाँ दुईओटा शबाथ थिएन भने— शबाथ अघि ती अत्तरहरु तयार गर्न सक्दथे भनेर बहसले उल्लेख गर्दछ। दुईओटा शबाथलाई मानिलिदै, यदि ख्रीष्टलाई बिहिबार क्रूसमा टाँगिएको थियो भने, तब त महा-पवित्र शबाथ (निस्तारचाड) बिहिबारको सूर्यअस्त पछि शुरु भएर शुक्रबार सूर्यअस्तमा अन्त हुनेथियो— अर्थात् साप्तहिक शबाथ अथवा शनिबारको शुरुवातमा। पहिलो शबाथ (निस्तारचाड) पछि अत्तरको किनमेल गराईको अर्थ हुन्थ्यो तिनीहरुले शनिबार किनमेल गर्दै थिए अनि शबाथलाई भंग गर्दैथिए।

त्यसकारण, बुधबारको दृष्टिकोण अनुसार, स्त्रीहरु अत्तरहरुको बाइबलीय विवरणलाई भंग नगर्ने र मत्ती १२:४० को शाब्दिक बुझाईलाई प्रदान गर्ने एउटैमात्र बयानचाहिँ यो हो कि ख्रीष्टलाई बुधबार क्रूसमा टाँगिएको थियो। महा-पवित्र दिन शबाथ (निस्तार चाड) बिहिबार परेको थियो, त्यसपछि स्त्रीहरुले शुक्रबार अत्तरहरु किनेका थिए र फर्केर त्यसैदिनमा अत्तर तयार गरेका थिए, शनिबार तिनीहरुले विश्राम लिए जुन चाहिँ साप्तहिक शबाथ थियो, त्यसपछि आइतबार बिहानै अत्तरहरु चिहानमा ल्याएका थिए। येशूलाई बुधबारको सूर्यअस्तपछि दफनाइएको थियो, जुन यहूदीहरुको पात्रोमा बिहिबारबाट शुरु हुनथ्यो। यहूदी पात्रोलाई प्रयोग गर्दै, तपाईंले बिहिबार रात (एक रात), बिहिबार दिन (एक दिन), शुक्रबार रात (दुई रात), शुक्रबार दिन (दुई दिन), शनिबार रात (तीन रात), शनिबार दिन (तीन दिन) पाउनुहन्छ। उहाँ ठीक कतिबेला बौरी उठ्नुभयो भनेर हामी जान्दैनौँ, तर यो आइतबारको सूर्योदय अघि थियो भनेर हामी जान्दछौँ। यसैले उहाँ शनिबार बेलुकी सूर्यअस्तको ठीक पछि बौरी उठ्नु भएको हुन सक्दछ, जसले यहूदीहरुका लागि साताको पहिलो दिन शुरु गर्दथ्यो। खाली चिहानको फेला सुर्योदय भन्दा पहिले है भएको थियो (मर्कूस १६:२), उज्यालो हुनु अघि (यूहन्ना २०:१)।

बुधबारे दृष्टिकोणका लागि एउटा सम्भावत् समस्याचाहिँ यो हो कि इम्माऊसको बाटोमा येशूसँग हिँडने चेलाहरु, उहाँको “पुनरुत्थानकै दिन” मा हिँडेका थिए लूका (२४:१३)। चेलाहरु, जसले येशूलाई चिनेनन्, ले उहाँलाई येशूका क्रूसीकरणको बारेमा बताए (२४:२१) र भने कि “यो घटना घटेको आज तेस्रो दिन हो” (२४:२२)। बुधबारदेखि आइतबार चार दिन हुन्छ। एउटा सम्भावत् बयान चाहिँ यस्तो छ कि तिनीहरुले बुधबार बेलुकी ख्रीष्टको दफन कार्यदेखि गन्ती गरेको हुनुपर्दछ, जसले यहूदी बिहिबारलाई शुरु गर्दछ, अनि बिहिबारदेखि आइतबारसम्मलाई तीन दिनको रुपमा गन्न सकिन्थ्यो।

घटनाको महान योजनामा, येशूलाई साताको कुन चाहिँ दिनमा क्रूसमा टाँगियो भनेर जान्नु कुनै महत्वपूर्ण कुरो होइन। यदि यो त्यति महत्वपूर्ण थियो भने, तब त परमेश्वरको वचनले दिन र समय तालिकालाई स्पष्टरुपले बताउनेथियो। महत्वपूर्ण कुरो के हो भने, उहाँ मर्नुभयो अनि उहाँ भौतिकरुपमा शारीरिक रुपमा मृत्युबाट बौरी उठ्नुभयो। वास्तवमा, महत्वपूर्ण कुरो चाहिँ यो हो— सबै पापीहरुले पाउनु पर्ने दण्डलाई लिनलाई उहाँ मर्नुभयो। यूहन्ना ३:१६ र ३:३६ दुबैले घोषणा गर्दछ कि उहाँमाथि तपाईंले राख्नु भएको विश्वासले अनन्त जीवन ल्याउँदछ! त्यो चाहिँ त्यतिनै साँचो कुरो हो चाहे उहाँलाई बुधबार, बिहिबार अथवा शुक्रबार नै क्रूसमा टाँगिएको भए तापनि।

[English]



[नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश]

के येशूलाई शुक्रबार नै क्रूसमा टाँगिएको थियो? यदि हो भने, उहाँले चिहानमा तीन दिन कसरी बिताउनुभयो यदि उहाँ आइतबार बौरी उठ्नु भएको थियो भने?

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.