परमेश्वर प्रेम हुनुहुन्छ भनेको अर्थ के हो?

प्रश्न परमेश्वर प्रेम हुनुहुन्छ भनेको अर्थ के हो? उत्तर बाइबलले प्रेमलाई कसरी वर्णन गर्दछ हेरौँ, र त्यसपछि हामी केही कुराहरु देख्नेछौँ जसमा परमेश्वर प्रेमको सार हुनुहुन्छ। “प्रेम सहनशील हुन्छ र दयालु हुन्छ। प्रेमले डाह गर्दैन, न शेखी गर्छ। प्रेम हठी हुँदैन, न ढीट हुन्छ। प्रेमले आफ्नै कुरामा जिद्दी गर्दैन, झर्को मान्दैन, खराबीको हिसाब राख्दैन। प्रेम…

प्रश्न

परमेश्वर प्रेम हुनुहुन्छ भनेको अर्थ के हो?

उत्तर

बाइबलले प्रेमलाई कसरी वर्णन गर्दछ हेरौँ, र त्यसपछि हामी केही कुराहरु देख्नेछौँ जसमा परमेश्वर प्रेमको सार हुनुहुन्छ। “प्रेम सहनशील हुन्छ र दयालु हुन्छ। प्रेमले डाह गर्दैन, न शेखी गर्छ। प्रेम हठी हुँदैन, न ढीट हुन्छ। प्रेमले आफ्नै कुरामा जिद्दी गर्दैन, झर्को मान्दैन, खराबीको हिसाब राख्दैन। प्रेम खराबीमा प्रसन्न हुँदैन, तर ठीक कुरामा रमाउँछ। प्रेमले सबै कुरा सहन्छ, सबै कुराको पत्यार गर्छ, सबै कुरामा आशा राख्छ, सबै कुरामा स्थिर रहन्छ। प्रेमको कहिल्यै अन्त्य हुँदैन (१कोरिन्थी १३:४-८अ)।” यो चाहिँ परमेश्वरद्वारा गरिएको प्रेमको विवरण हो, र किनकि परमेश्वर प्रेम हुनुहुन्छ (१यूहन्ना ४:८), त्यसैले उहाँ त्यस्तै नै हुनहुन्छ।

प्रेम (परमेश्वर) ले आफैलाई कसैमाथि जबरजस्ती गर्दैन। जो उहाँको नजिक आउदछन् ऊनीहरुले उहाँको प्रेमको प्रतिक्रियाको कारणले आउदछन्। प्रेम (परमेश्वर) सबैलाई दया देखाउँदछ। प्रेम (येशू) ले कुनै भेदभाव नराखी सबैको लागि असल कार्य गर्नुभयो। प्रेम (येशू) ले अरुसँग भएका थोकहरुको लोभ गर्नु भएना, तर बिना गुनासो नम्रतासँग जीवन बिताउनु भयो। प्रेम (परमेश्वर) ले आज्ञाकारिताको माग गर्दैन। परमेश्वरले आफ्ना पुत्रबाट आज्ञाकारिताको माग गर्नुभएन, तर, येशूले आफ्ना स्वर्गका पिताको इच्छालाई स्वेच्छापूर्वक पालन गर्नुभयो। “तर म पितालाई प्रेम गर्दछु, र जस्तो पिताले मलाई आज्ञा गर्नुभएको छ सोही बमोजिम गर्दछु भनी संसारले जानोस्” (यूहन्ना १४:३१)। प्रेम (येशू) ले जहिले पनि अरुहरुको रुचिहरुलाई हेर्नुहुन्थ्यो/हेर्नुहुन्छ।

हामीलाई परमेश्वरको प्रेमको सबैभन्दा ठूलो अभिव्यक्ति यूहन्ना ३:१६ मा व्यक्त गरिएको छ: “किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्।” रोमी ५:८ ले पनि त्यस्तै समचारको घोषणा गर्दछ: “तर परमेश्वरले हाम्रा निम्ति उहाँको प्रेम यसैमा देखाउनुहुन्छ, कि हामी पापी छँदै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो।” यी पदहरुबाट हामी देख्न सक्दछौँ कि हामी उहाँको अनन्त घर, स्वर्गमा उहाँसँग सहभागी होऔँ भन्ने परमेश्वरको ठूलो इच्छा छ। उहाँले हाम्रा पापहरुको मोल तिरि दिनु भएर हाम्रो निम्ति बाटोलाई सम्भव तुल्याइदिनु भएको छ। उहाँले हामीलाई प्रेम गर्नुहुन्छ किनभने उहाँले उहाँको इच्छाको एउटा कार्यको रुपमा चुन्नुभयो। प्रेमले क्षमा गर्दछ। “यदि हामीले हाम्रा पापहरु स्वीकार गर्यौं भने उहाँले हाम्रा पाप क्षमा गर्नुहुन्छ, र सबै अधर्मबाट हामीलाई शुद्ध पार्नुहुन्छ, किनकि उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ (१यूहन्ना १:९)।”

त्यसैले, परमेश्वर प्रेम हुनुहुन्छ भनेको अर्थ के हो? प्रेम परमेश्वरको एउटा गुण हो। प्रेम परमेश्वरको चरित्र, उहाँको व्यक्तित्वको एउटा भित्री पक्ष हो। परमेश्वरको प्रेम उहाँको पवित्रता, धार्मिकता, न्याय अथवा उहाँको क्रोधमा र कुनै पनि अर्थको विरुद्धमा हुँदैन। परमेश्वरका सबै गुणहरु पूर्ण मिलापमा रहेको छ। परमेश्वरले गर्नुभएको हरेक कुराहरु न्यायसंगत र उचित रहे जस्तै परमेश्वरले गर्नुहुने सबै कुरा प्रेमिलो हुँदछ। परमेश्वर साँचो प्रेमको एउटा सिद्ध उदाहरण हुनुहुन्छ। आश्चर्यजनक रुपले, परमेश्वरले जुन आफ्नो पुत्र येशूलाई व्यक्तिगत उद्धारकर्ताको रुपमा ग्रहण गर्नेलाई, उनीहरुलाई पवित्र आत्माको सामर्थद्वारा जसरी उहाँले प्रेम गर्नु हुन्छ त्यसतै प्रेम गर्ने योग्यता दिनुभएको छ (यूहन्ना १:१२; यूहन्ना ३:१, २३:२४)।

[English]



[नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश]

परमेश्वर प्रेम हुनुहुन्छ भनेको अर्थ के हो?

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *