पापको परिभाषा के हो?

प्रश्न पापको परिभाषा के हो? उत्तर पापलाई बाइबलमा परमेश्वरको व्यवस्थाको विरोधमा अपराध (1 यूहन्ना 3:4) र परमेश्वरको विरूद्ध विद्रोह (व्यवस्था 9:7; यहोशू 1:18) को रूपमा वर्णित गरिएको छ। पापको आरम्भ लूसीफरको साथमा भएको हो, जो कि स्वर्गदूतहरु शायद सबै भन्दा धेरै सुन्दर र शक्तिशाली थिए। आफ्नो पदको साथ सन्तुष्ट नभएको कारण, उनीले परमेश्वर भन्दा अधिक…

प्रश्न

पापको परिभाषा के हो?

उत्तर

पापलाई बाइबलमा परमेश्वरको व्यवस्थाको विरोधमा अपराध (1 यूहन्ना 3:4) र परमेश्वरको विरूद्ध विद्रोह (व्यवस्था 9:7; यहोशू 1:18) को रूपमा वर्णित गरिएको छ। पापको आरम्भ लूसीफरको साथमा भएको हो, जो कि स्वर्गदूतहरु शायद सबै भन्दा धेरै सुन्दर र शक्तिशाली थिए। आफ्नो पदको साथ सन्तुष्ट नभएको कारण, उनीले परमेश्वर भन्दा अधिक उच्च स्थानमा हुने इच्छा गरे, र यसैकारणले उसको पतन अर्थात् पापको आरम्भ भयो (यशैया 14:12-15)। उसको नाम शैतान राखियो, जो अदनको बगैचामा मानिस जातिको माथि पापलाई ल्याए, जहाँ निर त्यसले आदम र हव्वालाई त्यो “प्रलोभन, तिमीहरु परमेश्वर जस्तै हुने छौ” को परीक्षामा हाली दिए। उत्पत्ति 3 आदम र हव्वाद्वारा परमेश्वर र उहाँको आज्ञाको विरूद्ध गरिएको विद्रोहलाई वर्णन गर्दछ। त्यस समय देखि लिएर, पाप मानिसको सबै पीढ़िहरुमा एक पीढ़ी बाट अर्को पीढ़ीमा आइरहेको र हामी, जो आदमको सन्तान हौँ, यसलाई उनीबाट उत्तराधिकार वा विरासतमा प्राप्त गरेका हौँ। रोमी 5:12 ले हामीलाई बताउछ कि आदमद्वारा यस संसारमा पाप आयो, र यसरी मृत्यु सबै मानिसहरुमा फैलियो किनकी “पापको ज्याला मृत्यु हो” (रोमी 6:23)।

आदमद्वारा, पापको प्रति विरासतमा पाएको झुकावले मानिस जातिमा प्रवेश गरे, र मानिस प्राणी स्वभावले नै पापी बन्यो। जब आदमले पाप गरे, तब उनको आन्तरिक स्वभाव उनको पापको विद्रोहको कारण परिवर्तित भयो, परिणामस्वरूप यो उनीमा आत्मिक मृत्यु र नैतिक पतन वा भ्रष्टतालाई ल्यायो जो कि सबै माथि विरासतमा आयो जो उनि पछि आयो। हामी पापी यसकारण होइनौ कि हामीले पाप गर्छौँ; तर हामी पापी यसकारण हौँ किनकी हामी पापी छौँ। यस एक पछि अर्को पीढ़ीको माथि आएको नैतिक पतन वा भ्रष्टतालाई विरासतमा पाएको पापको नाउँले जनिदछ। ठीक त्यसै गरि जसरी हामीले आफ्नो माता-पिता बाट शारीरिक गुणहरुलाई प्राप्त गर्छौँ, हामीले आदमबाट हाम्रो पापी स्वभावलाई प्राप्त गर्यौं। राजा दाऊदले उनको पतित मानवीय स्वभावको लागि भजन संग्रह 51:5 मा विलाप गरेका छन्: “साँच्चै, म जन्मँदा नै पापी थिए, र मेरी आमाले मलाई गर्भ धारण गरे देखि नै म पापी थिए।”

एउटा अर्को तरिकाको पापलाई अध्यारोपित वा जोडिएको पापको नाउँले जानिन्छ। यसलाई दुबै वित्तीय र कानूनी संदर्भमा उपयोग गरिन्छ, जसलाई यूनानी शब्दमा “अध्यारोपण” अनुवाद गरिएको छ यसको अर्थ “कुनै वस्तु जो कसैसँग सम्बन्धित छ र कोहि अरुको खातामा हाली दिनु हो।” यस भन्दा पहिले कि मोशाको व्यवस्था दियो, पाप मानिसको अध्यारोपित वा त्योसँग जोडिएको थिएन, जब कि मानिस पापी नै थिए किनकी उनीहरुले विरासतमा पापलाई पाएका थिए। व्यवस्थालाई दिए पश्चात्, व्यवस्थाको विरोधमा गरिएका पापहरुलाई उनीहरु माथि अध्यारोपित (कसैको लेखामा गिनती हुनु) गरि दिएको थियो (रोमी 5:13)। यहाँ सम्म कि व्यवस्थाको विरोधमा गरिएको अपराधहरु भन्दा पहिला पनि पाप मानिसको माथि अध्यारोपित थियो, पापको लागि अन्तिम दण्ड (मृत्यु), निरन्तर राज्य गरिरहयो (रोमी 5:14)। सबै मानिस, आदम देखि लिएर मोशा सम्म, मृत्युको अधीनमा थिए, यसकारण होइन कि उनीहरुले मोशाको व्यवस्थाको विरूद्ध पापले भरिएको कार्य गरे (जो उनीहरुले गरेको थिएनन), तर यसकारण किनकी उनीहरुको आफ्नो साथैमा विरासतमा प्राप्त पापले भरिएको स्वभाव थियो। मोशाको पश्चात्, मानिस दुबै अर्थात् आदम बाट विरासतमा प्राप्त पाप र परमेश्वरको व्यवस्थाको आज्ञा उल्लंघनको कारणले अध्यारोपित पापको कारणले मृत्युको अधीन थिए।

परमेश्वरले अध्यारोपण वा जोडिएर हुनेको सिद्धान्तलाई मानिसजातिको लाभको लागि उपयोग जब उनले विश्वासिहरुको पापहरुलाई येशू ख्रीष्टको लेखमा अध्यारोपित गरि दिए वा जोडीदिए, जसले क्रूसको माथि – त्यस पाप – अर्थात् मृत्युको दण्डलाई पूरा गरि दिनु भयो। येशूमा हाम्रो पापहरुलाई जोड्नु वा अध्यारोपण गरेर, परमेश्वरले उहाँसँग यस्तो व्यवहार गर्नु भयो कि मानौ जस्तै उहाँनै पापी हुनुहुन्थो, जब कि उहाँ हुनु हुन्नथ्यो, र उहाँलाई यस पूरा संसारको पापहरुको लागि मर्नु पर्यो (1 यूहन्ना 2:2)। यो बुझ्न अति महत्वपूर्ण छ कि उहाँमा पापलाई अध्यारोपित वा जोडी दिएको थियो, तर उहाँले यसलाई आदमबाट विरासतमा पाएको होइन। उहाँले पापको दण्ड उठाउनु भयो, तर उहाँ कहिल्यै पनि पापी बन्नु भएन। उहाँको पवित्र र पूर्ण स्वभाव पापको स्पर्श बाट टाढा रहनु भयो। उहाँको साथमा यस्तो व्यवहार गर्यो जस्तै कि उहाँनै सबैको पापहरुको लागि दोषी हुनुहुन्थ्यो जुन मानिस जातिले अझैसम्म गरि रहेको छन्, जब कि उहाँले यी मध्य एउटा पनि गर्नुभएको छैन। यसको बदलीमा, परमेश्वरले ख्रीष्टको धार्मिकतालाई विश्वासीहरुमा अध्यारोपित गरि दिए वा जोडी दिए, र हाम्रो लेखामा उहाँको धार्मिकता गिनती भयो, ठीक त्यसै गरि जसरी उहाँले ख्रीष्टको लेखामा हाम्रो पापहरुलाई गनेको थियो (2 कोरिन्थी 5:21)।

एउटा तेस्रो तरिकाको पाप व्यक्तिगत् पाप हो, त्यो जुन प्रतिदिन प्रत्येक व्यक्तिद्वारा गरिन्छ। किनकी हामीले आदमबाट विरासतमा पापलाई प्राप्त गरेका छौँ, हामीले व्यक्तिगत् रूपमा, प्रत्येक व्यक्ति, प्रत्येक आभासित निर्दोष असत्यले हत्याको व्यक्तिगत पापलाई गर्दछौं। त्यो जो आफ्नो विश्वासलाई येशू ख्रीष्टमा नराखनेलाई आफ्नो यी पापहरुको लागि, साथै-साथ विरासतमा पाएको र अध्यारोपित वा जोडिएको पापहरुको दण्डलाई भोग्नु पर्छ। जब कि, विश्वसीहरुलाई पापको अनन्त दण्ड– नरक र आत्मिक मृत्युबाट छुटकारा दिएको छ– तर अब हार्मो पाप, पाप गर्नेको विरोधमा सामर्थ्य पनि छ। अब हामी चुन्न सक्छौँ कि हामी व्यक्तिगत् पापहरुलाई गरौँ वा नगरौँ किनकी हाम्रो पाप पवित्र आत्माद्वारा जो हामी भित्र वास गर्नुहुन्छ, पापको विरोध गर्नको सामर्थ्य आउदछ, जसले हामीलाई जब हामी पापहरु गर्दछौं तब हामीलाई हाम्रो पापहरुबाट पवित्र र हामीलाई यसको प्रति समर्थन गर्दछ (रोमी 8:9-11)। एउटा पल्ट जब हामी हाम्रो व्यक्तिगत् पापहरुलाई परमेश्वरको सामने स्वीकार गर्दछौं र उहाँसँग क्षमा मग्द्छौँ, तब हामी उहाँको साथ पूर्ण सहभागिता र संगतिलाई प्राप्त गर्दछौं। “यदि हामीले आफ्नो पापहरु स्वीकार गर्यौं भने उहाँले हाम्रा पाप क्षमा गर्नुहुन्छ, र सबै अधर्म बाट हामीलाई शुद्ध पर्नुहुन्छ, किनकी उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ” (1 यूहन्ना 1:9)।

हामी सबै विरासतमा पाएको पाप, अध्यारोपित वा जोडिएको पाप र व्यक्तिगत् पापको कारण तीन प्रकारले दोषी छौँ। पापको लागि केवल एउटा नै न्यायपूर्ण दण्ड मृत्यु हो (रोमी 6:23), केवल शारीरिक मृत्यु होइन तर अनन्तकालको मृत्यु पनि (प्रकाश 20:11-15)। धन्यवाद सहित, विरासतमा पाएको पाप, अध्यारोपित वा जोडिएको पाप र व्यक्तिगत् पाप अर्थात् सबैलाई येशूको क्रूसको माथि चढाईएको छ, र अब येशू ख्रीष्टलाई आफ्नो मुक्तिदाता मानी विश्वासद्वारा “तर उहाँको अपार अनुग्रहअनुसार ख्रीष्टको रगतद्वारा हामी उहाँमा उद्धार हाम्रो पापको क्षमा, पाउछौँ” (एफिसी 1:7)।

[English]



[नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश]

पापको परिभाषा के हो?

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.