पापीको प्रार्थना भनेको के हो?

प्रश्न पापीको प्रार्थना भनेको के हो? उत्तर पापीको प्रार्थना भनेको एउटा यस्तो प्रार्थना हो जुन एउटा व्यक्तिले परमेश्वरसँग प्रार्थना गर्दछ, जब तिनीहरुले म एक पापी हुँ र मलाई एउटा मुक्तिदाताको आवश्यकता छ भनी बुझ्दछन्। एउटा पापीको प्रार्थना गदैमा कुनै पनि कुरा आफैमा म पुरा हुँदैन। एउटा साँचो पापीको प्रार्थना ले यो प्रतिनिधित्व गर्दछ, जब एउटा…

प्रश्न

पापीको प्रार्थना भनेको के हो?

उत्तर

पापीको प्रार्थना भनेको एउटा यस्तो प्रार्थना हो जुन एउटा व्यक्तिले परमेश्वरसँग प्रार्थना गर्दछ, जब तिनीहरुले म एक पापी हुँ र मलाई एउटा मुक्तिदाताको आवश्यकता छ भनी बुझ्दछन्। एउटा पापीको प्रार्थना गदैमा कुनै पनि कुरा आफैमा म पुरा हुँदैन। एउटा साँचो पापीको प्रार्थना ले यो प्रतिनिधित्व गर्दछ, जब एउटा व्यक्तिले तिनिहरुको पापपूर्ण अवस्थाहरु र उद्धारको बारेमा थाह पाएको, बुझेका र विश्वास गरेका कुराहरुलाई साँचो रुपमा प्रस्तुत गर्छन्।

एउटा पापीको प्रार्थनाको पहिलो अवस्था चाँहि हामी सबै पापी छौँ भनी बुझनु हो। रोमी ३:१० ले यो भन्दछ कि, “जसो लेखिएको छ, धर्मी कोहि छैन, एक जना पनि छैन।’’ बाइबलले स्पष्ट रुपमा भन्दछ कि हामी सबैले पाप गरेकाछौँ। हामी सबै पापीहरुलाई परमेश्वरबाट दया र क्षमाको आवश्यकता छ (तितस ३:५-७)। हाम्रो पापको कारण, हामी अनन्त दण्डको भागीदार छौँ (मत्ती २५:४६)। पापीको प्रार्थना न्यायको सट्टामा अनुग्रहको निम्ति एउटा युक्ति मात्र हो। यो क्रोध को सट्टामा दयाको निम्ति यो एउटा अनुरोध हो।

एउटा पापीको प्रार्थनाको दोस्रो अवस्ता चाँहि हाम्रो हराएको र पापपूर्ण अवस्थाको छुटकाराको निम्ति परमेश्वरले के गर्नुभयो भन्ने कुरालाई जान्नु हो। परमेश्वर देहधारी हुनुभयो र येशू ख्रीष्ट एक मानव रुपमा आउनुभयो (यूहन्ना १:१,१४)। येशूले हामीलाई परमेश्वरको सत्यताको बारे सिकाउँनु भयो र पूर्णरुपमा धार्मिक र पापनिहित जीवन जीउँनु भयो (यूहन्ना ८:४६, २ कोरिन्थी ५:२१)। येशूले, हामीले भोग्नुपर्ने दण्डको सट्टामा हाम्रो बदली उहाँ क्रुसमा मर्नुभयो (रोमी ५:८)। येशूको पुनरूत्थानले पाप, मृत्यु र नरकमाथि विजय प्राप्त गर्नुभयो (कलस्सी २:१५; १ कोरिन्थी १५)। यी सबै कुराहरुको कारणले, हामीले हाम्रो पापहरुबाट क्षमापाउँन सक्छौं र र्स्वर्गको अनन्त घरमा रहन प्रतिज्ञा पाउँन सक्छौँ – यदि हामीले हाम्रो विश्वास येशू ख्रीष्टमाथि राख्दछौँ। हामीले गर्नुपर्ने सम्पुर्ण कुराचाँहि यो हो कि उहाँ हाम्रो बदलिमा मर्नुभयो र मृत्युबाट पुनरुत्थान हुनुभयो भनी विश्वास गर्नु हो (रोमी १०:९-१०)। हामी अनुग्रहबाट, विश्वासीद्वारा र येशू ख्रीष्टमा मात्रै बचाइन् सक्छौं। एफिसी २:८ ले भन्दछ, “किनभने अनुग्रहबाट विश्वासद्धारा तिमीहरुले उद्धार पाएका छौँ – र यो तिमीहरु आफैबाट होईन, यो त परमेश्वरको वरदान हो।’’

पापीको प्रार्थना भन्नु भनेको साधारण अर्थमा परमेश्वरमा यो घोषणा गर्ने एउटा उपाय हो कि तपाईंले येशू ख्रीष्टलाई तपाईंको मुक्तिदाताको रुपमा विश्वास गर्नुहुन्छ। त्याहाँ कुनै “चमत्कारीक” शब्दहरु छैन जसले उद्धारको परीणाममा पूर्याउँछ। यो चाँहि मात्रै येशूको मृत्यु र पुनरुत्थानमा विश्वास गर्नु हो जसले हामीलाई बचाउँन सक्छ। यदि तपाईंले बुझ्नुभयो भने कि तपाईं एक पापी हुनुहुन्छ र येशू ख्रीष्टद्वारा उद्धारको आवश्यकता छ, यहाँ एउटा पापीको प्रार्थना छ जुन तपाईंले परमेश्वरमा प्रार्थना गर्न सक्नुहुन्छ छ: “परमेश्वर, मलाई थाहाँ छ कि म एक पापी हुँ। मलाई थाहाँ छ कि म मेरो पापको परीणामहरुको योग्य छु। जे भएतापनि, म मेरो मुक्तिदाताको रुपमा येशू ख्रीष्टमा भरोसा गरिरहेको छु। म विश्वास गर्दछु कि उहाँको मृत्यु र पुनरुत्थानले मैले क्षमादान पाएको छु। म येशूमा भरोसा गर्दछु र येशू मात्रै मेरो व्यक्तिगत प्रभु र मुक्तिदाता हो भनि भरोसा गर्दछु। प्रभु, मलाई बचाउँनु भएको लागी र क्षमा दिनुभएको लागि धन्यवाद! आमेन!’’

के तपाईंले यहाँ लेखिएका कुरा पढेर ख्रीष्टलाई ग्रहण गर्ने निर्णय गर्नुभएको छ? यदि छ भने तल दिएको “मैले आज ख्रीष्टलाई ग्रहण गरेको छु” भन्ने बटनमा क्लिक गर्नुहोस्।

[English]



[नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश]

पापीको प्रार्थना भनेको के हो?

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *