बाइबलले विवाहको बारेमा के भन्छ?

प्रश्न बाइबलले विवाहको बारेमा के भन्छ? उत्तर विवाहको निर्माण उत्पत्ति 2:23-24 मा वर्णित गरिएको छ: ” तब त्यस मानिसले भने, ‘आखिरमा म जस्तै अर्को एउटा व्यक्ति उसको हड्डी मेरो हड्डी बाट आयो, अनि उसको शरीर मेरो शरीरबाट आयो’। किनभने तिनी एउटा मानिसबाट निकालिएकी हुनाले म तिनलाई ‘स्त्री मानिस’ भन्नेछु।” यसकारण, एकजना मानिसले आफ्नो आमा-बाबुलाई छोडेर…

प्रश्न

बाइबलले विवाहको बारेमा के भन्छ?

उत्तर

विवाहको निर्माण उत्पत्ति 2:23-24 मा वर्णित गरिएको छ: ” तब त्यस मानिसले भने, ‘आखिरमा म जस्तै अर्को एउटा व्यक्ति उसको हड्डी मेरो हड्डी बाट आयो, अनि उसको शरीर मेरो शरीरबाट आयो’। किनभने तिनी एउटा मानिसबाट निकालिएकी हुनाले म तिनलाई ‘स्त्री मानिस’ भन्नेछु।” यसकारण, एकजना मानिसले आफ्नो आमा-बाबुलाई छोडेर आफ्नी पत्नीसित सम्बन्ध राख्छ। यसरी दुइजना मानिसहरू एउटै बनिन्छन्। परमेश्वरले पुरूष र स्त्रीको रचना एक अर्काको पूरक हुनको लागि गर्नु भएको थियो। विवाहमा परमेश्वरले यस सत्यतालाई “पूरा” गर्नुभयो “मानिसको लागि एक्लो बस्नु राम्रो होइन” (उत्पत्ति 2:18)।

“सहयोगी” शब्द उत्पत्ति 2:20 मा हव्वालाई वर्णन गर्नको लागि उपयोग गरिएको हो जसको अर्थ “घेरा हाल्न, सुरक्षा प्रदान गर्न वा सहायता दिन” आदि हुँदछ। हव्वाको रचना आदमको “आधा भाग” को रूपमा उसको साथ उनलाई सहायता गर्न र उसको सहयोगीको रूपमा खडा हुनको लागि गरिएको थियो। एक पुरूष र स्त्री, जब विवाह गर्छन तब “एक तन” हुन्छन। यो एकता शारीरिक यौनिक घनिष्ठ सम्बन्ध हुनुमा पुरा तरिकाले प्रकट गर्दछ। नयाँ करारले यस एकताको सम्बन्धमा एउटा चेतावनीलाई जोडी दिएको छ। “ती दुइजना मानिसहरू दुइ रहदैनन् तर एउटै हुन्छन्। परमेश्वरले यी दुइलाई एउटै बनाउनु भएको हो। यसैकारणले कसैले तिनीहरूलाई अलग पार्नु हुँदैन।” (मत्ती 19:6)।

प्रेरित पावलद्वारा धेरै पत्रहरु लेखिएको छ जसमा उनले विवाहको लागि र कसरी वैवाहिक सम्बन्धमा विश्वासीहरुलाई कार्यरत् हुने उल्लेख गर्दछन। यस मध्य एक संदर्भ 1 कोरिन्थी अध्याय 7 हो र अन्य संदर्भ एफिसी 5:22-23 हो। जब यसको एक साथ अध्ययन गर्निछ, तब यी दुई संदर्भ ती बाइबल आधारित सिद्धान्तहरुलाई प्रदान गर्दछ जसले परमेश्वर-लाई-प्रसन्न गर्ने वैवाहिक सम्बन्धको ढ़ांचालाई निर्मित गर्छ।

एफिसीको संदर्भ विशेषगरी यी वचनहरुमा एक सफल बाइबल आधारित विवाहको लागि धेरै अधिक गहिराई राख्दछ। “पत्नीहरू हो, प्रभुको अधीनमा रहे जस्तै आ-आफ्ना पतिको अधीनमा बस। जस्तो येशू ख्रीष्ट मण्डलीका शिर हुनुहुन्छ, पति पत्नीका शिर हुन्। मण्डली ख्रीष्टको शरीर हो, त्यसरी ख्रीष्ट शरीरमा रक्षक हुनुहुन्छ” (एफिसी 5:22-23)। “पतिहरू हो, आफ्ना पत्नीलाई प्रेम गर जस्तो ख्रीष्टले मण्डलीलाई प्रेम गर्नु भयो। ख्रीष्टले मण्डलीको निम्ति प्राण दिनुभयो” (एफिसी 5:25)। “अनि पतिहरूले पनि आफ्ना पत्नीहरूलाई त्यसरी नै प्रेम गर्नुपर्छ। आफ्नो शरीरलाई प्रेम गरे जस्तै आफ्नो पत्नीलाई प्रेम गर। पत्नीलाई प्रेम गर्नेले आफैलाई प्रेम गर्छ। अनि कसैले पनि आफ्नो शरीरलाई कहिल्यै धृणा गर्दैन। हरेकले आफ्नो शरीरलाई, स्याहार्छ अनि खाना दिन्छ। अनि मण्डलीको निम्ति ख्रीष्टले पनि त्यसै गर्नु हुन्छ” (एफिसी 5:28-29)। “धर्मशास्त्रले भन्छ, त्यसैले मानिसले आफ्ना माता-पितालाई छोड्छ र आफ्नो पत्नीसित मिल्दछ र ती दुई एक हुन्छन्” (एफिसी 5:31)।

जब एक विश्वासी पति र पत्नी परमेश्वरको सिद्धान्तहरुको माथि कार्य गर्छन, तब परिणाम एक बाइबल आधारित विवाहमा निक्लिन्छ। एक बाइबल आधारित विवाह यस्तो विवाह हुन्छ जसमा पति र पत्नी दुबैको शिरको रुपमा मसीहको साथ सन्तुलित हुन्छ। बाइबल आधारित विवाहको विचारधारा दुई अलग-अलग मानिसहरुमा एकताको हुनु हो जसले ख्रीष्टको उहाँको मण्डलीको एकताको चित्रलाई देखाउद छ।

[English]



[नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश]

बाइबलले विवाहको बारेमा के भन्छ?

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.