बाइबलले विवाह अघि हुने यैान सम्बन्ध बारे के भन्दछ/विवाहपुर्व यौन सम्बन्ध?

प्रश्न बाइबलले विवाह अघि हुने यैान सम्बन्ध बारे के भन्दछ/विवाहपुर्व यौन सम्बन्ध? उत्तर बाइबलमा कुनै इब्रानी वा यूनानी शब्दमा विवाह अघि हुने यैान सम्बन्धको बारे मा संकेत गरेको छैन। बाइबलले कुनै पनि तर्क बिना व्यभिचार र यौन अनैतिकताको निन्दा गर्दछ तर के विवाह अघि हुने यैान सम्बन्धलाई अनैतिक मानिन्छ? १ कोरिन्थी ७:२ अनुसार, “हो” नै…

प्रश्न

बाइबलले विवाह अघि हुने यैान सम्बन्ध बारे के भन्दछ/विवाहपुर्व यौन सम्बन्ध?

उत्तर

बाइबलमा कुनै इब्रानी वा यूनानी शब्दमा विवाह अघि हुने यैान सम्बन्धको बारे मा संकेत गरेको छैन। बाइबलले कुनै पनि तर्क बिना व्यभिचार र यौन अनैतिकताको निन्दा गर्दछ तर के विवाह अघि हुने यैान सम्बन्धलाई अनैतिक मानिन्छ? १ कोरिन्थी ७:२ अनुसार, “हो” नै स्पष्ट उत्तर हो: “तर व्यभिचारसम्बन्धी परीक्षा अनेक भएका हुनाले हरेक मानिसकी आफ्नै पन्ती होस्, र हरेक स्त्रीको पनि आफ्नै पति होस्।” यो पदमा पावलले भन्दछन् कि विवाह यौन अनैतिकताको “उपचार” हो। १ कोरिन्थी ७:२ मा आवश्यक रुपमा भन्दछ कि किनकिमानिसहरुले आफुलाई नियन्त्रण गर्न सक्दैनन् र धेरै मानिसहरु विवाह भन्दा बाहिर अनैतिक यौन सम्बन्धमा रहन्छन्, त्यसले मानिसहरुले विवाह गर्नु पर्दछ। तब उनीहरुले आफ्नो इच्छाहरुलाई नैतिक रुपमा पुरा गर्न सक्छन्।

किनकि १ कोरिन्थी ७:२ मा स्पष्ट रुपले यौन अनैतिकताको परिभाषामा विवाह अघि हुने यैान सम्बन्ध समावेश छ, बाइबलको सबै वचन जसले अनैतिक यौन सम्बन्धलाई पाप मानि निन्दा गर्दछन त्यस्तै नै अघि हुने यैान सम्बन्धलाई अनैतिक यौन सम्बन्ध पाप मानि निन्दा गर्दछन। धर्मशास्त्रमा यस्ता धेरै वचनहरु छन् जसले विवाह अघि हुने यैान सम्बन्धलाई पाप घोषणा गर्दछ (प्रेरित १५:२०; १ कोरिन्थी ५:१; ६:१३, १८; १०:८; २ कोरिन्थी १२:२१; गलाती ५:१९; एफिसी ५:३; कलस्सी ३:५; १ थेस्लोनिकी ४:३; यहूदा)। बाइबलले विवाह अघि पूर्ण आत्मसंयम हुनुलाई प्रोत्साहन दिदछ। एउटा पति र पत्नी बीचको यैान सम्बन्ध मात्र परमेश्वरले अनुमोदन गर्ने यौन सम्बन्ध हो (हिब्रू १३:४)।

हामी प्रायः यौनको “मनोरन्जनको” रुपमाथि केन्द्रित हुन्छौं तर पुन-सृष्टिको रुपलाई भने चिन्दैनौं। यौन सम्बध विवाहको दायरामा आनन्दायक हुन्छ, र परमेश्वरले यसलाई त्यस्तै तरिकाले बनाउनु भयो। परमेश्वरले स्त्री र पुरुषले यौन किर्याको आनन्द लिएको चाहनु हुन्छ तर विवाहको सिमानामा रहेर। श्रेष्ठगीत र बाइबलको अरु पदमा जस्तै (हितोपदेश ५:१९) मा यौनको आनन्दलाई स्पष्ट व्यख्या गरेको छ। तैपनि, एक दम्पतिलाई यो बुझ्न आवश्यक छ कि परमेश्वरको मनसाय यौन सम्बन्धमा सन्तान उत्पत्ति गर्नु हो। त्यस कारण, एक जोडीलाई विवाह अघि यौन सम्बन्ध स्थापित गर्नु दोबर पाप हो— तिनीहरुले आनन्द लीइ रहेका हुन्छन जुन उनीहरुको निम्ति होइन, वा तिनीहरुले एक मानवीय जीवनको पारिवारिक ढाँचा जसमा परमेश्वरले प्रत्येक बच्चालाई लिएर निर्धारित गर्नु भएको छ, त्यस बाहिर जन्म दिएर खतरा उठाउछन्।

जबकि व्यहारिकता सही वा गलत हुनुको निर्धारण गर्दैन, यदि विवाह अघि हुने यौन सम्बन्धको बारे बाइबलमा दिएको सन्देशको पालन गरेको भए, त्यहाँ निकै कम यौनबाट सर्ने रोगहरुको हुने थियो, निकै कम गर्भपतन, निकै कम अविवाहित आमाहरु र अनावश्यक गर्भधारणहरु, र निकै कम बच्चाहरु जसको दुबै आमा-बुबा साथमा हुन्नन्। आत्मसंयम नै परमेश्वरको एक मात्र निति हो जब यो विवाह अघि हुने यैान सम्बन्धमा आउँदछ। आत्मसंयमले जीवनहरुलाई बचाउँदछ, शिशुहरुलाई रक्षा गर्दछ, उचित मान्यता भएको यौन सम्बन्ध प्रदान गर्दछ, र, अति नै महत्वपूर्ण कुरा चाहिँ यसले परमेश्वरलाई सम्मान गर्दछ।

[English]



[नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश]

बाइबलले विवाह अघि हुने यैान सम्बन्ध बारे के भन्दछ/विवाहपुर्व यौन सम्बन्ध?

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.