मण्डलीको र्याप्चर भनेको के हो?

प्रश्न मण्डलीको र्याप्चर भनेको के हो? उत्तर “र्याप्चर” शब्द बाइबलमा कहिँ पनि लेखिएको छैन। यो शब्द लेटिन भाषाको शब्द बाट लिएको हो जसको अर्थ “उठाई लिने, एउटा स्थान बाट अर्को स्थान मा जाने वा कसै बाट केहि कुरा खोसी लईजाने हो”। “उठाई लैजाने” वा मण्डलीको र्याप्चरको अवधारणालाई वचनमा स्पष्टरुपले सिकाइएको छ। मण्डलीको र्याप्चर त्यो घटना…

प्रश्न

मण्डलीको र्याप्चर भनेको के हो?

उत्तर

“र्याप्चर” शब्द बाइबलमा कहिँ पनि लेखिएको छैन। यो शब्द लेटिन भाषाको शब्द बाट लिएको हो जसको अर्थ “उठाई लिने, एउटा स्थान बाट अर्को स्थान मा जाने वा कसै बाट केहि कुरा खोसी लईजाने हो”। “उठाई लैजाने” वा मण्डलीको र्याप्चरको अवधारणालाई वचनमा स्पष्टरुपले सिकाइएको छ।

मण्डलीको र्याप्चर त्यो घटना हो जसमा परमेश्वरले संकष्टकालको अवधीमा पृथ्वीमा आफ्नो धार्मिक इन्साफ खन्याउनको लागि बाटो तयार गर्न सबै विश्वासीहरुलाई पृथ्वीबाट “उठाई लैजानु” हुन्छ।

र्याप्चरलाई मूलरुपमा १थेसलोनिकी ४:१३-१८ र १कोरिन्थी १५:५०-५४ मा वर्णन गरिएको छ। परमेश्वरले सबै मरेका विश्वासीहरुलाई पुनजीवित पार्नुहुनेछ अनि तिनीहरुलाई महिमित शरीरहरु दिनुहुनेछ र जीवितै रहेका ती विश्वासीहरुसंगै तिनीहरुलाई पृथ्वीबाट लैजानुहुनेछ, जसलाई त्यस समयमा महिमित शरीरहरु पनि दिइनेछ। “किनकि प्रभु स्वयं हुकुमको गर्जनसित, प्रधान दूतको आवाज र परमेश्वरका तुरहीको सोरसित स्वर्गबाट ओर्लनुहुनेछ, र ख्रीष्टमा मरेकाहरुचाहिँ पहिले बौह्री उठ्नेछन्। तब हामी बाँचिरहेका र छोडिएकाहरु प्रभुलाई आकाशमा भेट्न तिनीहरुका साथसाथै बादलमा उठाईलगिनेछौं, र यसरी हामी सधैं प्रभुसँग रहनेछौं” (१थेसलोनिकी ४:१६-१७)।

र्याप्चरचाहिँ तात्कालिक स्वभावको हुनेछ, र त्यस समयमा हामी सबैले महिमित शरीरहरु प्राप्त गर्नेछौं। “यति जान्दछौ कि जब उहाँ प्रकट हुनुहुन्छ तब हामी उहाँ जस्तै हुने छौँ किनकी उहाँ जस्तो हुनुहुन्छ हामी उहाँ त्यसतै देख्नेछौ” (१यूहन्न ३:२)। र्याप्चरचाहिँ दोस्रो आगमन बाट भिन्न छ। र्याप्चरमा, प्रभु “बादलमा” हामीलाई भेट्न “हावामा” आउनु हुनेछ (१थेसलोनिकी ४:१७)। दोस्रो आगमनको समयमा, प्रभु पृथ्वीको जैतुन डाँडामाथि आउनु हुनेछ, जसको परिणाम स्वरूप परमेश्वरको शत्रुहरुको हारको पश्चात् एउटा ठूलो भूकम्प आउने छ (जकरिया १४:३-४)।

र्याप्चरको सिद्धान्त पुरानो करारमा सिकाईएको थिएन, जसको कारण ले पावलले यसलाई अहिले प्रकाश नभएको “रहस्य” भन्छन्: “हेर, म तिमीहरुलाई एउटा रहस्य भन्दछु, हामी सबै सुत्दैनौं, तर हामी सबैको परिवर्तन हुनेछ, एकैक्षणमा, आँखाको एक निमेषमा, तुरहीको आखिरी आवाजमा। किनभने तुरही बज्नेछ, र मृतकहरु अविनाशी भएर जीवित हुनेछन्। अनि हाम्रोचाहिँ परिवर्तन हुनेछ” (१कोरिन्थी १५:५१-५२)।

र्याप्चरचाहिँ हामीले आशा गर्नुपर्ने महिमित घटना हो। हामी अन्त्यमा पापबाट स्वतन्त्र हुनेछौं। हामी सदासर्वदै परमेश्वरको उपस्थितिमा हुनेछौं। र्याप्चरको अर्थ र अवसरमाथि प्रशस्तै बहसहरु भएका छन्। योचाहिँ परमेश्वरको अभिप्राय भने होइन। बरु, र्याप्चर चाहिँ पूर्ण आशामा सान्तवनाको सिद्धान्त; हामीले “एउटाले अर्कालाई यी वचनहरुले उत्साह गर्नु पर्दछ” (१थेसलोनिकी ४:१८) भन्ने परमेश्वर चाहनुहुन्छ।

[English]



[नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश]

मण्डलीको र्याप्चर भनेको के हो?

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *