महान श्वेत सिंहासनको न्याय के हो?

प्रश्न महान श्वेत सिंहासनको न्याय के हो? उत्तर महान श्वेत सिंहासनको न्यायको वर्णन प्रकाश 20:11-15 मा गरिएको छ र यो आगोको कुण्डमा उद्धार नपाएका मानिसहरु फ्याँक्नु भन्दा पहिले अन्तिम न्याय हुनेछ। हामीले प्रकाश 20:7-15 बाट यो जान्न सक्छौँ कि यो न्याय हजार वर्षको राज्य शैतान, पशु र झूटो भविष्यवक्तालाई आगोको कुण्डमा फ्याके पश्चात् हुनेछ (प्रकाश…

प्रश्न

महान श्वेत सिंहासनको न्याय के हो?

उत्तर

महान श्वेत सिंहासनको न्यायको वर्णन प्रकाश 20:11-15 मा गरिएको छ र यो आगोको कुण्डमा उद्धार नपाएका मानिसहरु फ्याँक्नु भन्दा पहिले अन्तिम न्याय हुनेछ। हामीले प्रकाश 20:7-15 बाट यो जान्न सक्छौँ कि यो न्याय हजार वर्षको राज्य शैतान, पशु र झूटो भविष्यवक्तालाई आगोको कुण्डमा फ्याके पश्चात् हुनेछ (प्रकाश 20:7-10)। जुन पुस्तक खोलियो (प्रकाश 20:12) त्यसमा प्रत्येकको कार्यहरुको विवरण दिएको छ, चाहे त्यो असल वा खराब मानिस किन नहोस्, किनकी जे पनि भनिएको छ, गरिएको छ, वा यहाँसम्म कि सोचिएको छ त्यलाई परमेश्वरले जान्नुहुन्छ, र उहाँले यसै अनुसार प्रत्येकलाई प्रतिफल वा दण्ड दिनुहुन्छ (भजन संग्रह 28:4; 62:12; रोमी 2:6; प्रकाश 2:23; 18:06; 22:12)।

ठीक त्यसै समय, एउटा अर्को पुस्तक “जीवनको पुस्तक” लाई खोलिने छ (प्रकाश 20:12)। यो त्यो पुस्तक हो जसले यो निर्धारित गर्छ कि कुन व्यक्ति परमेश्वरको साथ अनन्तकालीन जीवनलाई पाउने छ वा कुन अनन्तकालको लागि आगोको कुण्डमा फालिनेछ। यद्यपि, मसीह विश्वासीहरु लाई उनीहरुको कामहरुको लागि जवाबदायी ठहराइन्छ, उनीहरुलाई ख्रीष्टमा क्षमा गरिनेछ र उनीहरुको नाउँ “संसारको उत्पत्ति देखि जीवनको पुस्तकमा” लेखिएको छ (प्रकाश 17:8)। हामीले पवित्र शास्त्र बाट जान्दछौं कि यस न्यायको समय “मृतकहरुले गरेका कार्य अनुसार उनीहरुको न्याय गरिनेछ” (प्रकाश 20:12) र “हरेक” जसको नाउँ “जीवनको पुस्तकमा लेखिएको” छैन त्यसलाई “आगो को कुण्डमा फ्याँकिनेछ” (प्रकाश 20:15)।

यो सत्य हो कि सबै मानिसहरुको अन्तिम न्याय हुनेछ, दुबै अर्थात् विश्वासीहरु र अविश्वासीहरु, पवित्र शास्त्रको धेरै संदर्भहरुमा स्पष्ट पुष्टि गरिएको छ। प्रत्येक व्यक्ति एक दिन ख्रीष्टको सामने खड़ा हुनेछ र उसको हरेक कामहरुको न्याय गरिनेछ। जबकि यो स्पष्ट छ कि महान श्वेत सिंहासनको न्याय नै अन्तिम न्याय हो, मसीह विश्वासी यस कुरा माथि असहमत हुन्छन कि कसरी यो अन्य त्यी न्यायहरुसँग सम्बन्धित छ जसलाई बाइबलमा उल्लेख गरिएको छ, विशेष गरी, त्यी को हुन् जसको महान श्वेत सिंहासनको न्यायको समयमा न्याय हुनेछ।

केहि मसीह विश्वासीले यो विश्वास राख्द छन् कि पवित्र शास्त्रले आउने वाला तीन तरिका को भिन्न न्यायहरुलाई प्रगट गर्दछ। पहिलो न्याय भेडा र बाख्राहरु वा जातिहरुको न्याय हुनेछ (मत्ती 25:31-36)। यो संकटको समयकाल पश्चात् तर हजार वर्षको आरम्भ हुनुभन्दा पहिले घटित हुनेछ; यसको उद्देश्य यो निर्धारित गर्नु हो कि को हजार वर्षको राज्यमा प्रवेश गर्ने छ। दोस्रो न्याय विश्वासीहरुको कामहरुको न्याय हो, अक्सर यसलाई “ख्रीष्टको न्याय आसन [बीमा]” भनि पुकारिन्छ (2 कोरिन्थी 5:10)। न्यायको यस समयमा, मसीह विश्वासी आफ्नो कार्यहरु वा उनीहरुद्वारा परमेश्वरको लागि गरिएको सेवकाईको विभिन्न स्तरको प्रतिफल प्राप्त गर्ने छन्। तेस्रो महान श्वेत सिंहासनको न्याय त्यो हो जो हजार वर्षको अन्तमा रहनेछ (प्रकाश 20:11-15)। यी अविश्वासीहरुको न्याय त्यो हो जसमा उनीहरुको कामको अनुसार न्याय गरिनेछ र आगो को कुण्डमा फ्याँकिनको लागि अनन्तकाल दोषी ठहराइनेछ।

अरु विश्वसीहरुले यस्तो विश्वास गर्छन कि यी तीनै न्यायहरुले एक मात्र अन्तिम न्यायको बारेमा बताउदछ, न कि तीन भिन्नै न्यायहरु। अरुको शब्दमा महान श्वेत सिहासंको न्याय प्रकाश 20:11-15 यस्तो समय हुनेछ जहाँ दुबै विश्वासी र अविश्वसीहरु न्याय गरिनेछ। जसको नाउँ जीवनको पुस्तकमा लेखिएको छ उनीहरुको न्याय उनीहरुको कामको लागि यो निर्धारित गर्न गरिन्छ कि प्रतिफल स्वरूप उनीहरुले के पाउने छन् वा गुमाउने छन्। जसको नाउँ जीवनको पुस्तकमा लेखिएको छैन उनीहरुको न्याय उनीहरुको काम अनुसार कुन तहको दण्ड आगोको कुण्डमा पाउने भनि गरिन्छ। जसले यो विचारधारालाई विश्वास गरि पकडी राख्छन कि मत्ती 25:31-46 अर्को एउटा विवरण हो कि महान श्वेत सिंहासनको न्यायमा के हुनेछ। उनीहरुले यस सत्यलाई बताउद छन् कि न्यायको प्रतिफल महान श्वेत सिंहासनको न्यायमा प्रकाश 20:11-15 मा जस्तै देखिन्छ। भेडाहरु (विश्वासीहरू) अनन्त जीवनमा प्रवेश गर्नेछन्, जब कि बाख्राहरु (अविश्वसीहरु) लाई “अनन्त दण्डमा” फ्यालिने छ (मत्ती 25:46)।

महान श्वेत सिंहासनको न्यायको सम्बन्धमा कुनै पनि दृष्टिकोणमा कसैले किन विश्वास नगरोस्, आउने वाला न्याय(हरु) को सम्बन्धमा सत्यता बाट कहिले पनि आँखा न हटाउनु अति महत्वपूर्ण छ। पहिले, येशू ख्रीष्ट न्यायी हुनुहुन्छ, सबै अविश्वासीहरुको मसीहद्वारा न्याय गरिनेछ, र जे पनि उनीहरुले गरेका छन् त्यसको अनुसार उनीहरुलाई दण्ड दिनेछन। बाइबल पूर्ण तरिकाले स्पष्ट छ कि अविश्वासीहरु स्वयंको लागि क्रोधलाई थुपार्दै छन् (रोमी 2:5) र परमेश्वर “हरेकलाई उसको कामहरुको अनुसार सजाय दिनुहुन्छ” (रोमी 2:6)। अविश्वासीहरुलाई मसीहद्वारा न्याय गरिनेछ, तर किनकी ख्रीष्टको धार्मिकता हाम्रो साथमा जोडिएको छ र हाम्रो नाउँ जीवनको पुस्तकमा लेखिएको छ, हामीलाई प्रतिफल हाम्रो कामहरुको अनुसार दिनेछ, न कि दण्ड दिनेछ। रोमी 14:10-12 भन्दछ कि हामी सबै ख्रीष्टको न्याय आसनको सामने खडा हुनेछौं र हरेकले आफ्नो कामहरुको अनुसार परमेश्वरलाई लेखा दिनेछन्।

[English]



[नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश]

महान श्वेत सिंहासनको न्याय के हो?

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.