मैले आफ्नो विश्वास येशू मा राखेको छु … अब के?

प्रश्न मैले आफ्नो विश्वास येशू मा राखेको छु … अब के? उत्तर मैले आफ्नो विश्वास येशू मा राखेको छु … अब के? उत्तर: वधाई छ! तपाईंले जीवन बद्लिने निश्चय गर्नु भएको छ। सायद सोध्दै हुनुहुन्छ, “अब के? परमेश्वरसँगको यो यात्रा कसरी सुरुवाट गर्ने?” बाइबलबाट तल दिइएका पाँच कदमहरुले तपाईंलाई प्रत्यक्ष पथमा लाने छ। तपाईंको जीवन…

प्रश्न

मैले आफ्नो विश्वास येशू मा राखेको छु … अब के?

उत्तर

मैले आफ्नो विश्वास येशू मा राखेको छु … अब के?


उत्तर: वधाई छ! तपाईंले जीवन बद्लिने निश्चय गर्नु भएको छ। सायद सोध्दै हुनुहुन्छ, “अब के? परमेश्वरसँगको यो यात्रा कसरी सुरुवाट गर्ने?” बाइबलबाट तल दिइएका पाँच कदमहरुले तपाईंलाई प्रत्यक्ष पथमा लाने छ। तपाईंको जीवन यात्रामा जब प्रश्नहरु आऊँदछन्, कृपया [https://www.gotquestions.org/Nepali] मा जानुहोला।

१. मुक्तिको अर्थ तपाईंले स्पष्ट सँग बुझ्नुहोस्।

१ यूहन्ना ५:१३ हामीलाई भन्छ, “तिमीहरुले अनन्त जीवन पाएका छौँ भन्ने कुरा जान भन्ने हेतुले परमेश्वरका पुत्रको नाउँमा विश्वास गर्ने तिमीहरुलाई यो पत्र लेख्दैछु।” परमेश्वर हामीले मुक्तिको बारे भन्ने बुझेको भन्ने चाहानु हुन्छ। परमेश्वर हामीले पाएको मुक्तिमा ढुक्क भएको चाहानुहुन्छ। छोटकरीमा मुक्ति पाएको केहि मुख्य शीर्षकहरु दोहोर्याऊँ:

(क) हामी सबैले पाप गरेका छौँ। हामी सबैले परमेश्वरलाई मन नपर्ने काम गरेका छौँ(रोमी३:२३)।

(ख) हाम्रो पापको कारणले, हामी सजांय भोग्ने योग्यका थियौँ र अनन्त सम्ममा परमेश्वरबाट टाढा हुनुभएको थियौँ (रोमी६:२३)।

(ग) येशू हाम्रो पापको संजाय तिर्न क्रूशमा मर्नुभयो। (रोमी ५:८; २ कोरन्थी ५:२१)। येशू हाम्रो सट्टो मारिनु भयो। हाम्रो लायकको दण्ड उहाँले नै लिनु भयो। येशूको मृत्यु हाम्रो पापको ऋण तिर्न काफी थियो, उहाँको पुनरूत्थानले यो सावित गर्छ।

(घ) परमेश्वरले सबैलाई माफी र मुक्तिदान दिनु हुन्छ जसले येशूमा विश्वास गर्दछ – उहाँको मृत्युबाट हाम्रो पापको मुल्य चुक्ता भयो भन्ने भरोसा गर्दछ (यहुन्ना ३:१६; रोमी ५:१; रोमी८:१)।

त्यही नै मुक्तिको सन्देश हो। यदि तपाईंले आफ्नो मुक्तिदाता भनेर येशू ख्रीष्टलाई विश्वास गर्नुभएको छ भने, तपाईं बचाइनु भएको छ! तपाईंको सबै पापको क्षमा भएको छ, र परमेश्वरले वचन दिनुहुन्छ कि तपाईंलाई कहिले छोड्नुहुन्न न कि त्याग्नु नै हुने छ (रोमी ८:३८-३९; मत्ती २८:२०)। नबिर्सनुस्, तपाईंको मुक्ति येशू ख्रीष्टमा सुरक्षित छ (यूहन्ना १०:२८-२९)। यदि तपाईंले येशूलाई मात्र आफ्नो मुक्तिदाताको रूप भरोसा गर्नहुन्छ भने, अनन्त सम्म परमप्रभुको साथ स्वर्गमा बिताउने निर्धक्क हुन् सक्नुहुन्छ!

२. बाइबल पढाउने एक असल मण्डलीको खोजी गर्नुहोस्।

मण्डली एक भवनको रुपमा नसोच्नहोस्। मण्डली जनसमुह हो। येशू ख्रीष्टमा विश्वास गर्नेहरु एक अर्कासँग संगति गर्नु धेरै महत्वपूर्ण हुन्छ। यो नै मण्डली को एक मुख्य उद्धेश्य हो। अब तपाईंले आफ्नो विश्वास येशू ख्रीष्टमा राख्नु भएको कारण तपाईंको समूहदायमा बाइबलमा पूर्ण विश्वासगर्ने एक मण्डली खोज्नु र अगुवासँग कुराकानी गर्न हामी जोडले प्रोत्साहन गर्दछौँ। उहाँलाई येशू ख्रीष्टमा गर्नुभएको तपाईंको नयाँ विश्वास बारे बताउनुहोस्।

मण्डलीको दोश्रो उद्धेश्य बाइबल सिकाउनु हो। तपाईंले परमेश्वरले जीवनकालागि दिनु भएका शिक्षाहरु कसरी अपनाउने भनेर सिक्न सक्नुहुन्छ। बाइबल राम्ररी बुझ्न सक्नु नै सफल र प्रभावशाली ख्रीष्टियन जीवनको मुख्य आधार हो। २ तिमोथी ३:१६-१७ ले भन्छ, “सम्पूर्ण पवित्र-शास्त्र परमेश्वरको प्रेरणाबाट भएको हो, र यो सिकाउनलाई, अर्ती दिनलाई, सच्याउनलाई, धार्मिकतामा तालिम दिनलाई लाभदाएक हुन्छ, ताकि परमेश्वरको जन हरेक सुकर्ममा पूर्ण रूपले सुसज्जित भई सिद्ध भएको होस्।”

मण्डलीको तेश्रो उद्धेश्य आराधना गर्नु हो। आराधना गर्नु भनेको परमेश्वरलाई सबै कुराको लागी धन्यवाद दिनु हो! परमेश्वरले हामीलाई बचाउनु भयो। परमेश्वरले हामीलाई प्रेम गर्नुहुन्छ। परमेश्वरले हाम्रो खाँचो पूरा गर्नुहुन्छ। परमेश्वरले हामीलाई डोर्याउनु र निर्देशन दिनुहुन्छ। उहाँलाई हामीले कसरी धन्यवाद नदिने? परमेश्वर पवित्र, धर्मी, प्रेमिलो, दयालु र अनुग्रह पूर्ण हुनुहुन्छ। प्रकाश ४:११ घोषणा गर्दछ, “हे हाम्रा प्रभु र परमेश्वर, तपाईं महिमा, आदर, र शाक्ति ग्रहण गर्ने योग्यको हुनुहुन्छ, किनभने सबै कुरा तपाईंले नै सृष्टि गर्नुभएको हो, र तपाईंकै ईच्छाबमोजिम ती अस्तित्वमा आए, र तिनको सृष्टि भयो।”

३. हरेक दिन परमेश्वरको मध्य नजर राख्ने समय छुट्याऊँनुस्।

हरेक दिन परमेश्वरसँग हाम्रो समय उहाँमा मध्य नजर राखी बिताउन अति आवश्यक छ। कोहिले “शान्त समय” भन्दछन्। कोहि “आराधना गर्ने” भन्दछन्, किनकि यो समय परमेश्वरको भक्तिमा हामी बिताउछौँ। कसैलो बिहानको समय छुट्याउने चाहाना गर्दछन्, भने कोहि बेलुकि को समय ठिक ठान्दछन्। यो समयलाई के भन्ने वा कहिले गर्नेमा केहि फरक पर्दैन। तर तपाईं परमेश्वरसँग दिनका दिन समय बिताउनु भएको असर चाँहि पक्कै हुन्छ। कुन घटनाहरुले परमेश्वरसँगको हाम्रो समय बनाउद छ?

(क) प्रार्थना। प्रार्थना साधारणमा परमेश्वरसँग कुराकानी गर्नु हो। परमेश्वरसँग तपाईंको आफ्नो गुनासो र कठिनाइको बारेमा कुरा गर्नु होस्। परमेश्वरसँग तपाईं विवेक र निर्दाशन माग्नुहोस्। परमेश्वरसँग तपाईंको आवशयक्ताहरु माग्नु होस्। तपाईंले परमेश्वरलाई कति धेरै प्रेम गर्नुहुन्छ र उहाँले तपाईंलाई गर्दैरहनु भएको सबै चिजका लागि कति अभारी हुनुहुन्छ भन्नुहोस्। प्रार्थनाको यथार्थ त्यहि हो।

(ख) बाइबल अध्यन। मण्डलीबाट, सण्डे स्कुल वा बाइबल अध्यन झुण्डमा – बाइबल सिकाइनुका साथसाथै तपाईंले आफैले पनि बाइबल पढ्दै गर्नु होस्। बाइबलमा तपाईंले जान्नुपर्ने सफल ख्रीष्टियन जीवनबारे सबैकुराहरु समावेश छन्। त्यसमा विवेक पूर्ण निश्चय कसरी गर्ने, परमेश्वरको ईच्छा कसरी जान्ने, अरुलाई कसरी सेवकाई गर्ने र आत्मिक जीवनको कसरी बृद्धि गर्ने बारे परमेश्वरको अनुदेशहरु समावेश छन्। बाइबल हाम्रो लागि परमेश्वरको वचन हो। हाम्रो जीवन उहाँलाई खुशी लाग्दो र आफैलाई तृष्णा नहुने किसिमले कसरी जिउने भनिदिइएको बाइबल वास्तवमा परमेश्वरको निर्देशन पुस्तक हो।

४. आत्मिक जीवनमा सहायता गर्न सक्ने व्यक्तिहरुसँग तपाईं सम्बन्धहरु विकास गर्नुहोस्।

१ कोरन्थी १५:३३ हामीलाई भन्दछ, “भ्रममा नपर। खराब सङ्गतले राम्रो चरित्रलाई नष्ट पार्छ।” बाइबल भरी हामीलाई “खराब” मानिसहरुको प्रभावबारे चेतावनी दिएको छ। हामी उनीहरुसँग समय बिताउदछौँ जो पापमय गतिविधिमा लागेका छन् भने ति गतिविधिको कारणले हामीलाई पनि लोभिन्न छौँ। हामीसँग बसेका व्यक्तिका लक्षणहरु हामीमा “सर्न जान्छ”। त्यसैले हामीलाई प्रभुमा प्रेम गर्ने र उहाँमा समर्पित जनहरुसँग हिड्दुल गर्न अत्यावश्यक हुन्छ।

तपाईंको मण्डलीबाट एक वा दुई जना साथी खोज्न प्रयास गर्नु होस्, जसले तपाईँलाई मदत गर्न सक्छ वा प्रोत्साहन दिन सक्छ (हिब्रू ३:१३; १०:२४)। तपाईंको साथीहरुलाई तपाईंको शान्त समय, गतिविधि र प्रभुसँगको हिडाईलाई लेखाजोखा राख्नुहोस् भनेर आग्रह गर्नुहोस्। तपाईंले पनि उहाँको लागि यसै प्रकारको चासो राख्न सकनुहुन्छ कि भनेर सोध्नुहोस्। यसको मतलब तपाईंका सबै साथीहरु जसले प्रभु येशूलाई मुक्तिदाता भनेर नचिनेकाहरुलाई गुमाउनु पर्दैन। उनीहरुलाई पनि साथ दिन र माया दिन सुचालु राख्नुहोस्। केवल यो बताउनुहोस् कि येशूले तपाईंको जीवन बद्लिदिनु भएको छ र तपाईंले पहिले गर्नुभएको चिजहरु सबै गर्नसक्नुहुन्न। तपाईंको साथीसँग येशूको बारे बताउने मौका दिउन भनेर परमेश्वरसँग माग्नुहोस्।

५. बप्तिस्मा लिनुहोस्

धेरै मानिसहरुमा बप्तिस्माको बारे एक गलत धरणा रखेको हुन्छन्। “बप्तिस्मा” शब्दको अर्थ पानीमा दुब्नु हो। बप्तिस्मा बाइबलको एकमात्र पथ हो जसले येशूमा गरेको नयाँ विश्वास र तपाईंले उहाँलाई पछ्याउने प्रतिबद्धता सार्वजनिक गर्नु हो। यस पानीमा दुवाइएको क्रियाद्वारा येशूसँग गाडिनु भएको उदाहरण दिन्छ। पानीबाट बाहिर निस्कने क्रियाद्वारा ख्रीष्टको बौरी उठ्नु भएको झझल्को ल्याउँदछ। बप्तिस्मा लिनुबाट तपाईं येशूको मृत्यु, चिहान र पुनरुत्थानसँग परिचित हुनु हो (रोमी ६:३-४)।

बप्तिस्मा लिएर तपाईं बाँच्नसक्नु हुन्न। बप्तिस्माले तपाईंको पापहरू पखाल्न सक्दैन। बप्तिस्मा मुक्तिको लागि येशूमा मात्र भएको विश्वासको एक सार्वजनिक घोषणा हो। बप्तिस्मा यसकारण महत्वपूर्ण छ किनकि यो आज्ञा पालनाको एक कदम हो- येशूमा गरेको विश्वास र उहाँमाथिको प्रतिबद्धता सार्वजनिक गराउने घोषणा। यदि तपाईं बप्तिस्माका लागि तयार हुनुहुन्छ भने, पास्टर (अगुवा) सँग कुरा गर्नुहोस्।

[English]



[नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश]

मैले आफ्नो विश्वास येशू मा राखेको छु … अब के?

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.