मैले संगठित धर्ममा किन विश्वास गर्नु पर्छ?

प्रश्न मैले संगठित धर्ममा किन विश्वास गर्नु पर्छ? उत्तर “धर्म” को एउटा शब्दकोषीय परिभाषाचाहिँ “आराधना गरिनको लागि परमेश्वर अथवा देवहरुमा रहेको विश्वास, साधारणतय् व्यवहार र संस्कारमा व्यक्त गरिएको; प्रायःजसो नैतिकताहरुको नियमावलीमा संलग्न भएको विश्वास, आराधना इत्यादिको जुनै पनि विशेष प्रणालीसँग केही मिल्दोजुल्दो हुँदछ।” यस परिभाषाको प्रकाशमा, बाइबलले संगठित धर्मको विषयमा बताउँदछ, तर थुप्रै अवस्थाहरुमा “संगठित…

प्रश्न

मैले संगठित धर्ममा किन विश्वास गर्नु पर्छ?

उत्तर

“धर्म” को एउटा शब्दकोषीय परिभाषाचाहिँ “आराधना गरिनको लागि परमेश्वर अथवा देवहरुमा रहेको विश्वास, साधारणतय् व्यवहार र संस्कारमा व्यक्त गरिएको; प्रायःजसो नैतिकताहरुको नियमावलीमा संलग्न भएको विश्वास, आराधना इत्यादिको जुनै पनि विशेष प्रणालीसँग केही मिल्दोजुल्दो हुँदछ।” यस परिभाषाको प्रकाशमा, बाइबलले संगठित धर्मको विषयमा बताउँदछ, तर थुप्रै अवस्थाहरुमा “संगठित धर्म” को उद्धेश्य र प्रभाव यस्तो छैन जुन सबै परमेश्वरलाई मनपर्दो हुँदैन।

उत्पति ११ मा, जुनचाहिँ शायद संगठित धर्मको पहिलो उदाहरण हुनुपर्दछ, नोआका वंशहरुले सम्पूर्ण पृथ्वीलाई भर्नू भन्ने परमेश्वको आज्ञालाई पालन गर्नको सट्टा बाबेलको धरहरा बनाउनको लागि आफै-आफलाई संगठित गरे। तिनीहरुको एकताचाहिँ परमेश्वरसँगको तिनीहरुको सम्बन्ध भन्दा महत्वपूर्ण थियो भनेर तिनीहरुले विश्वास गरे। परमेश्वर हस्तक्षेप गर्नु भयो र तिनीहरुको भाषालाई खलबलाई दिनुभयो, यसरी तिनीहरुको संगठित धर्मको विभाजन भयो।

प्रस्थान ६ अध्याय र त्यस पछिका अध्यायहरुमा, परमेश्वरले इस्राएल राष्ट्रको लागि एउटा धर्मलाई “संगठित” गर्नुभयो। दश आज्ञा, छाप्रोवासको सम्बन्धका व्यवस्थाहरु र बलिदान चढाउने प्रथा सबै नै परमेश्वरबाटै स्थापना गरिएको थियो र इस्राएलीहरुले यसको पालन गर्नुपर्दथ्यो। नयाँ करारको अरु अध्ययनले यस धर्मको अभिप्रायचाहिँ एउटा उद्धारकर्ता मसीहको आवश्यकतालाई देखाउनु थियो भनेर स्पष्ट पार्दछ (गलाती ३; रोमी ७)। तापनि, धेरैले यसलाई गलत अर्थ लगाएका छन् र परमेश्वरलाई भन्दा व्यवस्थाहरु र संस्कारहरुलाई पुजेका छन्।

इस्राएलीहरुको इतिहासभरी नै, इस्राएलीहरुले अनुभव गरेका थुप्रै संघर्षहरु संगठित धर्महरुको संघर्षसँग संलग्न हुन्थ्यो। उदाहरणको लागि, बाल देवताको पूजा (न्यायकर्ता ६; १ राजा १८), दागोन (१ शमूएल ५) र मोलोख (२ राजा २३:१०) आदि थिए। परमेश्वरले आफ्नो सार्वभौमता र सर्वशक्तिको प्रदर्शन गर्दै यस्ता धर्महरुको अनुयायीहरुलाई हराइदिनुभयो।

सुसमाचारहरुमा, फरिसीहरु र सदूकीहरुलाई ख्रीष्टको समयमा संगठित धर्मका प्रतिनिधीहरुको रुपमा अंकित गरिएका छन्। येशूले तिनीहरुका झूटा शिक्षाहरु र आडम्बरी जीवनशैलीको विषयमा तिनीहरुसित निरन्तर सामना गर्नुभयो। प्रेरितहरुको पत्रहरुमा, त्यहाँ त्यस्ता संगठित झूण्डहरु हुन्थे जसले सुसमाचारलाई आवश्यक कामहरु र धर्महरुको निश्चित सूचिहरुसँग मिसाएका थिए। तिनीहरुले विश्वासीहरुलाई परिवर्तन हुन र यस्ता “ख्रीष्टियन देखि बाहिरको” धर्मलाई ग्रहण गर्नलाई जबरजस्ती गर्नलाई पनि खोजेका थिए। गलाती र एफिसीले त्यस्ता धर्महरुको विषयमा चेतावनी दिँदछ। प्रकाशको पुस्तकमा, संगठित धर्मले संसारमा एउटा प्रभाव पार्नेछ जसरी ख्रीष्ट विरोधीले संसारमा एउटा विश्वव्यापी धर्मलाई स्थापित गर्दछ।

धेरै मामलाहरुमा, संगठित धर्मको अन्तिम परिणामचाहिँ परमेश्वरको अभिप्रायबाट विमुख गराउने हुँदछ। तापनि, बाइबल संगठित विश्वासीहरुको विषयमा बोल्दछ जो उहाँका योजनाका भाग हुन्। परमेश्वरले यस्ता संगठित विश्वासीहरुका झूण्डलाई “मण्डलीहरु” भनी बताउनुहुन्छ। प्रेरितको पुस्तकको विवरण र प्रेरितहरुका अरु पुस्तकहरुले मण्डली संगठित हुनुपर्दछ र अन्तरआश्रित हुनुपर्दछ भनेर संकेत गर्दछ। संगठनले सुरक्षा, उत्पादन र नपुगेको ठाउँमा पुग्नु भन्ने कुरालाई अगुवाई गर्दछ (प्रेरित २:४१–४७)। मण्डलीको सम्बन्धमाचाहिँ, यसलाई “संगठित सम्बन्ध” भन्न उत्तम हुँदछ।

धर्मचाहिँ परमेश्वरसँग सम्पर्कमा हुनको लागि गरिएको मानिसको प्रयत्न हो। ख्रीष्टियन विश्वासचाहिँ येशू ख्रीष्टको बलिदानद्वारा परमेश्वरले हाम्रो निम्ति गर्नुभएको कुराको कारण उहाँसँगको एउटा सम्बन्ध हो। परमेश्वर समक्ष पुग्नलाई त्यहाँ कुनै योजना छैन (उहाँ हामीकहाँ आउनुभएको छ— रोमी ५:८)। त्यहाँ कुनै घमण्ड छैन (सबैकुरा अनुग्रहबाटै प्राप्त गरिएको हो— एफिसी २:८-९)। नेतृत्व गरिने कुराप्रति त्यहाँ कुनै द्वन्द्व हुनुहुँदैन ख्रीष्ट नै (सबैकुराको शिर हुनुहुन्छ— कलस्सी १:१८)। त्यहाँ कुनै पूर्वाग्रह हुनुहुँदैन (ख्रीष्टमा हामी सबै एक हौँ— गलाती ३:२८)। संगठित हुनु कुनै समस्या होइन। एउटा धर्मको नियमहरु र संस्कारहरुप्रति ध्यान केन्द्रित गर्नुचाहिँ समस्या हो।

[English]



[नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश]

मैले संगठित धर्ममा किन विश्वास गर्नु पर्छ?

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.