म कसरी जान्न सक्छु कि म कसैसँग प्रेममा छु?

प्रश्न म कसरी जान्न सक्छु कि म कसैसँग प्रेममा छु? उत्तर प्रेम एउटा ठूलो शक्तिशाली भावना हो। यसले हाम्रो जीवनलाई धेरै नै प्रेरित गर्दछ। हामीले धेरै अधिक महत्वपूर्ण निर्णयहरुलाई यस भावना माथि आधारित भइ गर्दछौं, र यहाँ सम्म कि विवाह पनि गर्छौँ किनकी हामीले यो महसूस गर्छौँ कि हामी “प्रेममा” छौँ। यो एउटा कारण हुनसक्छ…

प्रश्न

म कसरी जान्न सक्छु कि म कसैसँग प्रेममा छु?

उत्तर

प्रेम एउटा ठूलो शक्तिशाली भावना हो। यसले हाम्रो जीवनलाई धेरै नै प्रेरित गर्दछ। हामीले धेरै अधिक महत्वपूर्ण निर्णयहरुलाई यस भावना माथि आधारित भइ गर्दछौं, र यहाँ सम्म कि विवाह पनि गर्छौँ किनकी हामीले यो महसूस गर्छौँ कि हामी “प्रेममा” छौँ। यो एउटा कारण हुनसक्छ कि किन पहिलो पटक गरिएको विवाहहरु आधा भन्दा धेरै को अन्त सम्बन्ध विच्छेदमा हुन्छ। बाइबलले हामीलाई यो शिक्षा दिन्छ कि साँचो प्रेम एउटा भावना होइन जुन आउने र जाने गर्छ, यद्यपि यो एउटा निर्णय हो। हामीले न केवल त्यी मानिसहरुसँग प्रेम गर्नु पर्छ जसले हामीलाई प्रेम गर्छ; यहाँ सम्म कि उनीहरुलाई पनि प्रेम गर्नु पर्छ जसले हामीलाई घृणा गर्छन, ठीक त्यसै गरि जसरी ख्रीष्टले प्रेम नपाएकाहरुलाई प्रेम गर्नु भयो (लूका 6:35)। ” प्रेम धैर्य हुन्छ, प्रेम दयालु हुन्छ, प्रेमले ईर्ष्या गर्दैन र यसले घमण्ड गर्दैन। प्रेम रुखो हुँदैन, प्रेम स्वार्थी हुँदैन र प्रेम सजिलै रिसाहा बन्दैन। प्रेमले आफ्नो विरूद्ध गरिएको खराबीको हिसाब राख्दैन। प्रेम खराबमा खुशी हुँदैन तर प्रेम सत्यसित आनन्दित हुन्छ। प्रेमले सबै कुरा धैर्यपूर्वक सहन्छ। प्रेमले सधैँ विश्वास गर्छ, सधैँ आशा गर्छ र यो दरिलो उभिन्छ।” (1 कोरिन्थी 13:4-7)।

यो सजिलो हुनसक्छ कि कोहि कसैको साथमा “प्रेममा पर्नु”, तर निर्णय लिनु भन्दा पहिलो केहि प्रश्न सोध्नु पर्दछ यदि हामीले जे महसूस गरि रहेको छौँ त्यो साँचो प्रेम हो। पहिलो, कि त्यो व्यक्ति मसीह विश्वासी हो, अर्थात् के उसले आफ्नो जीवन ख्रीष्टलाई दिएको छ? के उसले ख्रीष्टमा नै उद्धारको लागि विश्वास गर्दछ/गर्दछिन? यसको साथै, यदि तपाईंले आफ्नो हृदय र भावनाहरुलाई कुनै एउटा व्यक्तिलाई सुम्पनको लागि सोचिरहेको हुनुहुन्छ, तब तपाईंले स्वयंलाई यो सोध्नु पर्छ कि के तपाईंले त्यस व्यक्तिलाई बाकी सबै अन्य मानिसहरु माथि राख्न तैयार हुनुहुन्छ र परमेश्वर पछि उहिनै तपाईंको सम्बन्धहरुमा दोस्रो स्थानमा आउनु पर्ने छ। बाइबलले हामीलाई यो बताउछ कि जब दुई व्यक्ति विवाह गर्छन, तब उनीहरु एक तन हुन्छन (उत्पत्ति 2:24; मत्ती 19:5)।

एउटा अर्को सोच्न योग्यको कुरा यो हो कि के प्रेम गरिएको व्यक्ति एक असल साथी बन्नको लागि एउटा राम्रो उम्मेदवार हो वा होइन। के उसले आफ्नो जीवनमा परमेश्वरलाई प्रथम स्थान र सर्वश्रेष्ठ स्थान दिएको छ वा छैन? के उसले एउटा विवाह सम्बन्धहरुको निर्माणको लागि आफ्नो समय र ऊर्जा दिनको लागि सक्षम छ वा छैन ताकि त्यो जीवनको अन्तसम्म बनी रहोस? यहाँ निर यो कुराको निर्धारणको लागि कुनै नापने स्तर छैन कि हामीले कसैलाई साँचो रुपमा प्रेम गर्छौँ वा गर्दैनौं, तर यो परख हुन महत्वपूर्ण छ कि हामी हाम्रो भावनाहरुको अनुसरण गरि रहेका छौँ वा हाम्रो जीवनहरुमा परमेश्वरको इच्छा अनुसरण गरि रहेका छौँ। साँचो प्रेम एउटा निर्णय हो, न कि केवल एउटा भावना। साँचो बाइबल आधारित प्रेम कसैलाई हरेक समय प्रेम गर्नु हो, न कि तब जब तपाईं “प्रेममा” भएको बेला महसूस गर्नु हुन्छ।

[English]



[नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश]

म कसरी जान्न सक्छु कि म कसैसँग प्रेममा छु?

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.