शैतान को हो?

प्रश्न शैतान को हो? उत्तर शैतानको सम्बन्धमा मानिसहरुको विश्वासचाहिँ मूर्ख कुराहरुदेखि अमूर्तसम्म– दुष्टको मानवीकरणलाई वर्णन गर्न प्रयोग गरिएको एउटा अभिव्यक्ति सिंग भएको सानो रातो केटो तपाईंको कुममा बसेर तपाईंलाई पाप गर्न उक्साउने जस्ता कुरासम्म फैलिएको छ। तापनि, बाइबलले, शैतान को हो र त्यसले हाम्रो जीवनहरुमा कसरी प्रभाव पार्दछ भन्ने कुराको एउटा स्पष्ट चित्रण गर्दछ। सरलरुपमा…

प्रश्न

शैतान को हो?

उत्तर

शैतानको सम्बन्धमा मानिसहरुको विश्वासचाहिँ मूर्ख कुराहरुदेखि अमूर्तसम्म– दुष्टको मानवीकरणलाई वर्णन गर्न प्रयोग गरिएको एउटा अभिव्यक्ति सिंग भएको सानो रातो केटो तपाईंको कुममा बसेर तपाईंलाई पाप गर्न उक्साउने जस्ता कुरासम्म फैलिएको छ। तापनि, बाइबलले, शैतान को हो र त्यसले हाम्रो जीवनहरुमा कसरी प्रभाव पार्दछ भन्ने कुराको एउटा स्पष्ट चित्रण गर्दछ। सरलरुपमा भन्नुपर्दा, बाइबलले शैतानलाई एउटा स्वर्गदूतको रुपमा परिभाषित गर्दछ जो पापको कारण आफ्नो स्थानबाट झर्यो र अहिले त्यस्को सबै शक्तिमा परमेश्वरको उद्धेश्यलाई विफल गर्दै, पूर्णरुपले परमेश्वरको विरुद्धमा रहेको छ।

शैतानलाई एउटा पवित्र दूतको रुपमा सृष्टि गरिएको थियो। यशैया १४:१२ ले पतन हुन अघि शैतानको नाउँ लूशिफर थियो भनेर भन्दछ। इजकिएल २८:१२–१४ ले शैतानलाई करुबको रुपमा सृष्टि गरिएको कुराको वर्णन गर्दछ, जो प्रत्यक्षरुपमा सृष्टि गरिएका दूतहरुमा सबैभन्दा उच्चको थियो। त्यो आफ्नो सुन्दरता र स्तरमा घमण्डी भयो र परमेश्वरभन्दा उच्चको सिंहासनमा बस्ने निर्णय गर्यो (यशैया १४:१३–१४; इजकिएल २८:१५; १तिमोथी ३:६)। शैतानको घमण्डले त्यसलाई पतन गरायो। यशैया १४:१२–१५ मा थुप्रै “म गर्नेछु” भन्ने वचनहरुलाई ध्यान दिनुहोस्। त्यसको पापको कारण, परमेश्वरले शैतानलाई स्वर्गबाट प्रतिबन्धित गरिदिनुभयो।

शैतान यस संसारका शासक र आकाशको शक्तिको राजकुमार भएको छ (यूहन्ना १२:३१; २कोरिन्थी ४:४; एफिसी २:२)। त्यो एउटा दोष लगाउने (प्रकाश १२:१०), परीक्षामा पार्ने (मत्ती ४:३; १थेसलोनिकी ३:५), र धोकेबाज (उत्पति ३; २कोरिन्थी ४:४; प्रकाश २०:३) हो। त्यसको नाउँको अर्थ हुन्छ “शत्रु” अथवा “विरोध गर्ने”। त्यसको अर्को उपाधी, दियाबलसको अर्थ हुन्छ “निन्दा गर्ने”।

त्यसलाई स्वर्गबाट फालिएको भए तापनि, त्यसले अझै पनि त्यसको सिंहासनलाई परमेश्वरभन्दा माथि राख्न खोज्दछ। संसारबाट आराधना पाउने आशामा र परमेश्वरको राज्यको विरुद्धमा उत्साहित गराएर परमेश्वरले गर्नुभएको सबै कामहरुलाई त्यसले कृत्रिम बनाइदिन्छ। हरेक झूटा शिक्षा र संसारको धर्मको पछाडिको मुख्य स्रोत नै शैतान हो। शैतानले परमेश्वर र परमेश्वरलाई पछ्याउनेहरुलाई विरोध गर्न त्यसको शक्तिमा हुने जुनैपनि कुरो र सबै कुरा गर्नेछ। तापनि, शैतानको भाग्यलाई एउटा अनन्तकालसम्म आगोको कुण्डमा बन्द गरिएको छ (प्रकाश २०:१०)।

[English]



[नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश]

शैतान को हो?

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.