हस्तमैथुन – के यो बाइबल अनुसार पाप हो?

प्रश्न हस्तमैथुन – के यो बाइबल अनुसार पाप हो? उत्तर बाइबलले कहिल्यै स्पष्टरुपमा हस्तमैथुनको उल्लेख गरेको छैन अथवा हस्तमैथुन एक पाप हो वा होइन भनी स्पष्ट भनेको छैन। धर्मशास्त्रले सबैभन्दा बारम्बार उत्पत्ति ३८:९-१० मा ओनन को कथाका हस्तमैथुनको सम्बन्धलाई संकेत गर्दछ। कोहि यो खण्डलाई यसरी पनि भन्दछन् भुमिमा “आफ्नो वीर्य पोख्नु” पाप हो। तैपनि, यो…

प्रश्न

हस्तमैथुन – के यो बाइबल अनुसार पाप हो?

उत्तर

बाइबलले कहिल्यै स्पष्टरुपमा हस्तमैथुनको उल्लेख गरेको छैन अथवा हस्तमैथुन एक पाप हो वा होइन भनी स्पष्ट भनेको छैन। धर्मशास्त्रले सबैभन्दा बारम्बार उत्पत्ति ३८:९-१० मा ओनन को कथाका हस्तमैथुनको सम्बन्धलाई संकेत गर्दछ। कोहि यो खण्डलाई यसरी पनि भन्दछन् भुमिमा “आफ्नो वीर्य पोख्नु” पाप हो। तैपनि, यो सन्दर्भले त्यसो भन्न खोजेको होइन। परमेश्वरले ओननलाई “आफ्नो विर्य” भुमिमा न पोख्नु भनेर आज्ञा दिनु भएको थियो तर किनकिओननले आफ्नो भाइको उत्तराधिकारी बनाउनु देखि आफ्नो जिम्मेवारी पूरा गर्न इन्कार गरे। यो खण्ड हस्तमैथुनको बारेमा भन्दा, आफ्नो परिवार प्रतिको जिम्मेवारी पूरा गर्ने बारेमा हो। दोस्रो खण्ड मत्ती ५:२७-३० मा कहिले काँहि हस्तमैथुन एउटा पाप हुने प्रमाणको रुपमा प्रयोग गर्छौ। येशूले कामवासनाले भरिएको विचारहरुको विरुद्धमा भन्नुभयो र यसरी भन्नुहुन्छ, “तिम्रो दाहिने हातले तिमीलाई पाप गर्न लाउँछ, भने त्यसलाई काटेर फलिदेऊ।” यस सन्दर्भमा र हस्तमैथुनको बिचमा थुप्रै समानताहरु छन्, यस्तो होइन कि येशुको उल्लेखले हस्तमैथुन को तिर नै संकेत गरेको हो।

जबकि अहिलेको समयमा बाइबलमा स्पष्ट भनेको छैन कि हस्तमैथुन पाप हो, त्यसैले यो प्रश्न आउदैन कि हस्तमैथुनतिर डोहोर्याउने कार्यहरु चाहिँ पापमय हो या होइन। हस्तमैथुन हरसमय अभिलाषापुर्ण सोचाई, यौन उत्तेजना, र/वा अश्लील तस्वीरहरुका परिणाम हो। यो ति समस्याहरु हुन जससँग सम्झौता गरिनु जरुरी छ। यदि अभिलाषाका पापहरु, अनैतिक विचार, र अश्लील कुराहरुलाई त्याग्छौ र त्यसमाथि बिजय पाउछौ भने, हस्तमैथुनको समस्या कुनै समस्याको रुपमा रहने छैन। हस्तमैथुन सम्बन्धि धेरै मानिसहरु दोषी भावनामा संधर्ष गरि रहन्छन, जबकि ति कुराहरु जसले यस कार्य तर्फ डोहोर्याउन्छन् जसको पश्चात बढी हुनु पर्दछ।

बाइबलमा केहि यस्ता सिद्धान्तहरुछन् जसलाई हस्तमैथुनको सम्बन्धमा लागु गर्न सकिन्छ। एफिसि ५:३ घोषणा गर्दछ, “तर तिमीहरुको बीचमा व्यभिचार, र सारा अशुद्धता अथवा लोभको नाउँसमेत नलिइओस्।” यो देख्न गाह्रो छ कि कसरी हस्तमैथुन यो विषयको परीक्षामा उत्तीर्ण हुनु सक्छ। बाइबलले हामीलाई सिकाउँछ कि “यसकारण चाहे तिमीहरु खाओ, अथवा पिओ, वा तिमीहरु जेसुकै गर, सबै परमेश्वरका महिमाको निम्ति गर” (१ कोरिन्थी १०:३१)। यदि कुनै कुराले परमेश्वरलाई महिमा पुराउदैन भने, त्यो कार्य न गर्नु नै असल हुन्छ। यदि कुनै व्यक्ति पूर्ण रुपले विश्र्वस्त छैन कि त्यो कार्यले परमेश्वरलाई प्रसन्न तुल्याउछ भने, त्यो पाप हो: “विश्वासबाट उत्पन्न नभएको कुनै पनि कुरा पाप हो” (रोमी १४:२३)। त्यस पछि, हामीले यो स्मरण गर्नुपर्छ कि हाम्रो शरीरहरुलाई छुकारा दिएको छ र यो परमेश्वर सम्बन्धित हो। “तिमीहरुको शरीर पवित्र आत्माको मन्दिर हो, जुन पवित्र आत्मा तिमीहरुले परमेश्वरबाट पाएका छौ, र उहाँ तिमीहरुभित्र वास गर्नुहुन्छ भन्ने के तिमीहरुलाई थाहा छैन? तिमीहरु स्वयम् आफ्नै होईनौ। तिमीहरु मोल तिरेर किनिएको हौ। यसकारण तिमीहरुका शरीरमा परमेश्वरको महिमा गर” (१ कोरिन्थी ६:१९-२०)। यो महान सत्यताको यस कुरासँग वास्तविक सम्बन्ध हुनु पर्छ कि हामीले आफ्नो शरीरसँग के गर्छौँ। यो सिद्धान्तहरुको प्रकाशमा हामीले यो निष्कर्षनिकाल्न सक्छौँ कि हस्तमैथुन बाइबल अनुसार एक पाप हो। स्पष्टरुपमा, हस्तमैथुनले परमेश्वरलाई महिमा पुर्याउदैन; यो अनैतिकताको उपस्थितिबाट टाढा रहदैन, न त यसले परमेश्वरको हाम्रो शरीरमाथी अधिकार छ भन्ने कुराको जाँचलाई पार गर्छ।

[English]



[नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश]

हस्तमैथुन – के यो बाइबल अनुसार पाप हो?

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.