कन्याबाटको जन्म किन महत्वपूर्ण छ?

प्रश्न कन्याबाटको जन्म किन महत्वपूर्ण छ? उत्तर कन्याबाटको जन्मको सिद्धान्त ठूलो रुपले महत्वपूर्ण छ (यशैया ७:१४; मत्ती १:२३; लूका १:२७, ३४)। पहिले, यो हेरौँ कि धर्मशास्त्रले घटनालाई कसरी वर्णन गरेको छ। मरियमको प्रश्नको जवाफमा “यो कसरी हुनसक्छ त” (लूका १:३४), गब्रिएलले भनेका छन्, “पवित्र आत्मा तिमीमा आउनुहुनेछ, र सर्वोच्चका शक्तिको छाया तिमीमाथि पर्नेछ” (लूका १:३५)।…

प्रश्न

कन्याबाटको जन्म किन महत्वपूर्ण छ?

उत्तर

कन्याबाटको जन्मको सिद्धान्त ठूलो रुपले महत्वपूर्ण छ (यशैया ७:१४; मत्ती १:२३; लूका १:२७, ३४)। पहिले, यो हेरौँ कि धर्मशास्त्रले घटनालाई कसरी वर्णन गरेको छ। मरियमको प्रश्नको जवाफमा “यो कसरी हुनसक्छ त” (लूका १:३४), गब्रिएलले भनेका छन्, “पवित्र आत्मा तिमीमा आउनुहुनेछ, र सर्वोच्चका शक्तिको छाया तिमीमाथि पर्नेछ” (लूका १:३५)। स्वर्गदूतले योसेफलाई मरियमसँग विवाह गर्न डराउनु पर्दैन भनेर यी शब्दहरुद्वारा उत्साह दिए: “किनभने जो तिनको गर्भमा हुनुहुन्छ, उहाँ पवित्र आत्माबाट हुनुहुन्छ” मत्ती (१:२०)। मत्तीले यो भनेर उल्लेख गरेको छ “पवित्र आत्माद्वारा गर्भवती भएकी थाहा भयो” (मत्ती १:१८)। गलाती ४:४ ले पनि कन्याबाटको जन्मलाई सिकाउँदछ “परमेश्वरले आफ्ना पुत्रलाई पठाउनुभयो, उहाँ एउटी स्त्रीबाट जन्मनुभयो।”

यी पदहरुबाट, यो कुरा निश्चितरुपले स्पष्ट पारिएका छन् कि येशूको जन्म चाहिँ मरियमको शरीरमा पवित्र आत्माले गरेको कामको नतिजा हो। यसमा अमूर्त (आत्मा) र मूर्त (मरियमको शरीर) दुबै संलग्न थिए । मरियमले, अवश्य पनि, आफैलाई गर्भधारण गर्न सक्दिन थी, र त्यो अर्थमा उनी त केवल एउटा “भाँडो” मात्र थिइन्। अवतारको आश्चर्य काम त केवल परमेश्वरले मात्र गर्न सक्नुहुन्थ्यो।

तापनि, मरियम र येशूको माझको शारीरिक सम्बन्धलाई गरिएको अस्वीकारले येशू वास्तवमै मानव हुनुहुन्थिएन भन्ने कुरालाई संकेत गर्दछ। धर्मशास्त्रले सिकाउँदछ कि येशू सम्पूर्ण रुपले मानव हुनुहुन्थ्यो, हाम्रो जस्तो भौतिक शरीर को साथ। यो उहाँले मरियमबाट प्राप्त गर्नु भएको थियो। त्यसै समयमा, येशू पूर्ण रुपले परमेश्वर हुनुहुन्थ्यो, एउटा अनन्त, पापरहित स्वभाव सहित (यूहन्ना १:१४; १ तिमोथी ३:१६; हिब्रू २:१४-१७)।

येशू पापमा जन्मनु भएको थिएन; अर्थात्, उहाँमा पापका स्वभाव थिएन (हिब्रू ७:२६)। पापको स्वभाव चाहिँ पिताद्वारा पुास्तादेखि पुस्ता हुँदै आएको जस्तो देखिन्छ (रोमी ५:१२, १७, १९)। कन्याबाटको जन्मले पापमय स्वभावको संचारणलाई उल्लंघन गरेर अनन्त परमेश्वरलाई एउटा सिद्ध मानिस बन्नको लागि अनुमति दियो।

[English]



[नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश]

कन्याबाटको जन्म किन महत्वपूर्ण छ?

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.