के येशू ख्रीष्टको पुनरुत्थान सत्य हो?

प्रश्न के येशू ख्रीष्टको पुनरुत्थान सत्य हो? उत्तर धर्मशास्त्रले येशू ख्रीष्ट मृत्युबाट वास्तवमै पुनरुत्थान हुनु भएको थियो भनेर निश्चित प्रमाण प्रस्तुत गर्दछ। ख्रीष्टको पुनरुत्थानलाई मत्ती २८:१-२०; मर्कूस १६:१-२०; लूका २४:१-५३; र यूहन्ना २०:१-२१: २५ मा अभिलेख गरिएको छ। ख्रीष्टको पुनरुत्थान प्रेरितको पुस्तक (प्रेरित १:१-११) मा पनि देखा पर्यो। यी पदहरुबाट तपाईंले ख्रीष्टको पुनरुत्थानको धेरै “प्रमाणहरु”…

प्रश्न

के येशू ख्रीष्टको पुनरुत्थान सत्य हो?

उत्तर

धर्मशास्त्रले येशू ख्रीष्ट मृत्युबाट वास्तवमै पुनरुत्थान हुनु भएको थियो भनेर निश्चित प्रमाण प्रस्तुत गर्दछ। ख्रीष्टको पुनरुत्थानलाई मत्ती २८:१-२०; मर्कूस १६:१-२०; लूका २४:१-५३; र यूहन्ना २०:१-२१: २५ मा अभिलेख गरिएको छ। ख्रीष्टको पुनरुत्थान प्रेरितको पुस्तक (प्रेरित १:१-११) मा पनि देखा पर्यो। यी पदहरुबाट तपाईंले ख्रीष्टको पुनरुत्थानको धेरै “प्रमाणहरु” पाउन सक्नुहुन्छ। पहिलो चाहिँ चेलाहरुमा भएको नाटकीय परिवर्तन हो। तिनीहरु डराउने र लुक्ने मानिसहरुको झूण्डबाट संसारभरी नै सुसमचार सुनाउने साहसी र आँटिलो गवाहीहरु बने। बौरी उठ्नु भएको ख्रीष्ट तिनीहरुमा देखा पर्नु भएको बाहेक अरु कुन कुराले यस नाटकीय परिवर्तनलाई बयान गर्न सक्दथ्यो?

दोस्रो चाहिँ पावल प्रेरितको जीवन हो। तिनलाई एकजना मण्डलीहरुको खेदो गर्ने व्यक्तिबाट मण्डलीका प्रेरित हुन कुन कुराले परिवर्तन गर्यो? यो दमस्कसको बाटोमा बौरी उठ्नुभएको ख्रीष्ट (प्रेरित ९:१६) तिनीकहाँ देखा पर्नु भएकोले गर्दा हो। तेस्रो पत्यार लाग्दो प्रमाण रित्तो चिहान हो। यदि ख्रीष्ट बौरी उठ्नु नभएको हुँदो हो त, उहाँको शरीर कहाँ छ? चेलाहरु र अरुहरुले उहाँलाई राखिएको चिहान देखेका थिए। जब तिनीहरु फर्के, उहाँको शरीर त्यहाँ थिएन। स्वर्गदूतले घोषणा गरे कि उहाँ मृत्युबाट बौरी उठ्नु भयो जस्तो उहाँले प्रतिज्ञा गर्नुभएको थियो (मत्ती २८:५-७)। चौथो, उहाँको बौरी उठाईको थप प्रमाण चाहिँ उहाँ देखा पर्नुभएका थुप्रै मानिसहरु (मत्ती २८:५, ९, १६-१७; मर्कूस १६:९; लूका २४:१३-३५; यूहन्ना २०:१९, २४, २६-२९, २१:१-१४; प्रेरित १:६-८; १कोरिन्थी १५:५-७)।

येशू ख्रीष्टको पुनरुत्थानको अर्को प्रमाण चाहिँ चेलाहरुद्वारा दिइएका येशूका पुनरुत्थानको ठूलो मात्रामा दिएको गवाही हो। ख्रीष्टको बौरी उठाईको एउटा मुख्य वाक्याँश चाहिँ १कोरिन्थी १५ हो। यस अध्यायमा खीष्टको बौरी उठाईलाई बुझ्नु र विश्वास गर्नुमा किन महत्वपूर्ण छ भनेर पावल प्रेरितले व्याख्या गरेका छन्। पुनरुत्थान चाहिँ निम्नलिखित कारणहरुका लागि महत्वपूर्ण छन्: १) यदि ख्रीष्ट मृत्युबाट बौरी उठ्नु नभएको भए, विश्वासीहरु पनि उठ्ने छैनन् (१ कोरिन्थी १५:१२-१५)। २) यदि ख्रीष्ट मृत्युबाट बौरी उठ्नु नभएको भए, उहाँले पापको लागि दिएको बलिदान पर्याप्त थिएन (१कोरिन्थी १५:१६-१९)। येशूको पुनरुत्थानले यो प्रमाणित गर्यो कि उहाँको मृत्युलाई परमेश्वरले हाम्रा पापहरुको प्रायश्चितका लागि ग्रहण गरियो। यदि उहाँ केवल मरेकामात्र भएको भए, त्यसले उहाँको बलिदान पर्याप्त थिएन भन्ने संकेत गर्ने थियो। फलस्वरुप, विश्वासीहरुलाई तिनीहरुका पापहरुका लागि क्षमा गरिने थिएन, र तिनीहरु मरेपछि मृतक नै रहने थिए (१कोरिन्थी १५:१६-१९)। त्यहाँ अनन्त जीवन जस्ता कुनैपनि कुरो हुने थिएन (यूहन्ना ३:१६)। “वास्तवमा ख्रीष्ट मृतकहरुबाट जीवित हुनुभएको छ। सुतिजानेहरुमध्येमा उहाँचाहिँ प्रथम फल हुनुहुन्छ” (१कोरिन्थी १५:२०)।

अन्तिममा, धर्मशास्त्र स्पष्टै छ कि येशू ख्रीष्टमा विश्वास गर्नेहरु सबै अनन्त जीवनको लागि बौरी उठ्ने छन् उहाँ जस्तैगरी (१कोरिन्थी १५:२०-२३)। पहिलो कोरिन्थी १५ ले ख्रीष्टको पुनरुत्थानले कसरी पापमाथिको उहाँको विजयलाई प्रमाणित गरेको छ र हामीलाई पापमाथि विजयी भएर जिउने शक्ति प्रदान गरेको छ भनेर वर्णन गरेको छ (१कोरिन्थी १५:२४-३४)। यसले हामीले पुनरुत्थान माथि प्राप्त गर्ने शरीरको महिमित स्वभावको वर्णन गर्दछ (१कोरिन्थी १५:३५-४९)। यसले यो घोषणा गर्दछ कि, ख्रीष्टको पुनरुत्थान फलस्वरुप, जो कोहिले उहाँ माथि विश्वास गर्दछ अन्तमा मृत्यु माथि उनीहरुले विजय प्राप्त गर्ने छन्।

ख्रीष्टको बौरी उठाई एउटा कति महिमित सत्यता हो! “यसकारण मेरा प्रिय भाई हो, स्थिर र अटल रहो। प्रभुको काममा सधैँ बढ्दैजाओ। किनकि तिमीहरु जान्दछौ, कि प्रभुमा तिमीहरुको परिश्रम व्यर्थ हुँदैन” (१कोरिन्थी १५:५८)। बाइबल को अनुसार, येशू ख्रीष्टको बौरी उठाई एकदम निश्चित सत्यता हो। बाइबलले ख्रिष्टको पुनरुत्थानको विवरण दिदछ, यो विवरणले यस्तो अभिलेख गर्दछ कि उहाँलाई ४०० भन्दा धेरै मानिसहरुद्वारा देखिएको थियो, र येशूको पुनरुत्थानको एतिहासिक तथ्यको महत्वपूर्ण ख्रीष्टियन सिद्धान्तलाई अगाडि बढाउँदछ।

[English]



[नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश]

के येशू ख्रीष्टको पुनरुत्थान सत्य हो?

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.