भ्रान्त शिक्षाको परिभाषा के हो?

प्रश्न भ्रान्त शिक्षाको परिभाषा के हो? उत्तर जब मानिस शब्द भ्रान्त शिक्षाको बारेमा सुन्छन तब उनीहरु अक्सर यस्तो समूहको बारेमा सोच्छन जो कि शैतानको अराधना, पशुहरुको बलिदानहरुलाई गर्छन, वा खराब, विचित्र र मूर्तिपूजक अनुष्ठानमा भाग लिन्छन। तर फेरी पनि, वास्तविकतामा, एक भ्रान्त शिक्षा दिने पंथ शायद नै यस्तो चीजहरुलाई गर्नुमा सम्मिलित हुन्छ। सत्य त यो…

प्रश्न

भ्रान्त शिक्षाको परिभाषा के हो?

उत्तर

जब मानिस शब्द भ्रान्त शिक्षाको बारेमा सुन्छन तब उनीहरु अक्सर यस्तो समूहको बारेमा सोच्छन जो कि शैतानको अराधना, पशुहरुको बलिदानहरुलाई गर्छन, वा खराब, विचित्र र मूर्तिपूजक अनुष्ठानमा भाग लिन्छन। तर फेरी पनि, वास्तविकतामा, एक भ्रान्त शिक्षा दिने पंथ शायद नै यस्तो चीजहरुलाई गर्नुमा सम्मिलित हुन्छ। सत्य त यो हो कि, भ्रान्त शिक्षा दिने पंथ, आफ्नो व्यापक अर्थमा, एक विशेष अनुष्ठान र रीति रिवाजहरुको साथ साधारण धार्मिक पद्धति एक शब्द हो।

सामान्यत्या, जब कि, भ्रान्त शिक्षा दिने पंथको अधिक निकटताले परिभाषा, र शब्द एउटा यस्तो अप्रमाणिक संप्रदायको तर्फ संकेत गर्दछ, जसको सदस्य धर्मको मूल धर्मसिद्धान्तहरुको शिक्षालाई विकृत गरि दिन्छन। ख्रीष्टियन संदर्भमा, भ्रान्त शिक्षाको पंथको परिभाषा, विशेष रूपमा, एउटा यस्तो “धार्मिक समूहको हो जो कि बाइबल आधारित सत्यको एक वा दुई मौलिक कुराहरुलाई अस्वीकार गरिदिन्छन।” भ्रान्त शिक्षा दिने एउटा यस्तो समूह हुन्छ जो यस्तो धर्मसिद्धान्तहरुको शिक्षा दिन्छ, कि यदि त्यसमा विश्वास गरे भने, यो एउटा व्यक्तिलाई सदैवको लागि उद्धाररहित रहनको कारण बन्दछ। एउटा भ्रान्त शिक्षा दिने पंथ एउटा धर्मको हिस्सा हुने दावा गर्दछ, यसमा पनि यो त्यो धर्मको आवश्यक सत्य(हरु) लाई अस्वीकार गरि दिन्छ। त्यसैले, एउटा ख्रीष्टियन शिक्षामा आधारित भ्रान्त शिक्षा दिने पंथ ख्रीष्टियको मौलिक सत्यहरुको एउटा वा दुईवटा शिक्षाहरुलाई अस्वीकार गरिदिन्छ।

ख्रीष्टियन शिक्षामा आधारित भ्रान्त शिक्षा दिने पंथहरुको दुई मुख्य सामान्य शिक्षाहरु यो हो कि येशू परमेश्वर हुनुहुन्न र उद्धार केवल विश्वास गर्नद्वारा प्राप्त हुदैन। ख्रीष्टियनको ईश्वरत्वमा इन्कारको परिणामबाट यो विचारधार निस्किन्छ कि येशूको मृत्यु हाम्रो पापहरुको दण्डको जुर्मानालाई तिर्नलाई पर्याप्त छैन। केवल विश्वासद्वारा उद्धारको इन्कारको परिणामबाट यो शिक्षा निकिन्छ कि उद्धारलाई केवल कामहरुद्वारा प्राप्त गर्नु सकिन्छ। प्रेरितले मण्डलीको आरम्भिक वर्षहरुमा भ्रान्त शिक्षा दिने पंथहरुको साथ व्यवहार गरेका थिए: उदाहरणको लागि, यूहन्नाले 1 यूहन्ना 4:1-3 मा ग्नोस्टीसिज्म अर्थात् नास्तिक ज्ञानवादको शिक्षालाई सम्बोधित गरे। भक्तीमय् धर्मसिद्धान्तहरुको लागि यूहन्नाद्वारा सत्यताको परीक्षाको लागि तर्कवाक्य “येशू ख्रीष्ट मानव रुपमा पृथ्वीमा आउनु भयो” (वचन 2)- ग्नोस्टीसिज्म अर्थात् नास्तिक ज्ञानवादको झूटो शिक्षाको साथ सीधा विरोधाभास हो (2 यूहन्ना 1:7 सँग तुलना गरौँ)।

आजको समयमा भ्रान्त शिक्षा दिने पंथहरुको सबैभन्दा प्रसिद्ध दुई उदाहरण यहोवा विटनेसस् वा यहोवाको गवाही र मोरमोन्स हो। दुवै समूह ख्रीष्टियन हुने दावा गर्छन, तर फेरी पनि दुबै ख्रीष्टियनको ईश्वरत्व र केवल विश्वासद्वारा उद्धार हुने अस्वीकार गर्दछन। यहोवा विटनेसस् र मोरमोन्स धेरै यस्तो कुराहरुमा विश्वास गर्दछन जसले केहि बाइबलको शिक्षा दिन्छन उसको साथ सहमत वा उसको सदृश छ। तर फेरी पनि, सत्य त यो हो कि ख्रीष्टियनको ईश्वरत्वलाई अस्वीकार गर्दछन र कामहरुद्वारा मुक्तिको प्रचार गर्दछन जसले उनीहरुलाई भ्रान्त शिक्षा दिने पंथहरु हुनेको योग्यता प्रदान गर्दछन। धेरै यहोवा विटनेसस् र मोरमोन्स, र धेरै अन्य भ्रान्त शिक्षा दिने समूहको यस्तो नैतिक मानिस हुन जसले सत्यताको साथ यो विश्वास गर्छन कि उनीहरुले सत्यलाई थामी राखेका छन्। ख्रीष्टियन हुनुको नाताले, हाम्रो आशा र प्रार्थना यो हुनु पर्छ कि धेरै मानिस जसले भ्रान्त शिक्षा दिने पंथहरुमा सम्मिलित छन उनीहरु झूटोलाई देख्न सकुन र येशू ख्रीष्टमा नै केवल विश्वासद्वारा मुक्तिको सत्यसम्म पुग्न सकुन।

[English]



[नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश]

भ्रान्त शिक्षाको परिभाषा के हो?

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *