भ्रान्त

प्रश्न भ्रान्त शिक्षा दिने पंथ वा झूटो धर्ममा परेका व्यक्तिहरुलाई सुसमाचार सुनाउने सबैभन्दा उत्तम तरीका के हो? उत्तर भ्रान्त शिक्षाहरुलाई दिने पंथहरु वा झूटो धर्महरुमा सम्मिलित मानिसहरुको लागि सबैभन्दा महत्वपूर्ण कुरा जुन हामी उनीहरुको लागि गर्न सक्छौं त्यो प्रार्थना गर्नु हो। हामीलाई उनीहरुको लागि प्रार्थना गर्नु आवश्यक छ ता कि परमेश्वरले उनीहरुको हृदयहरुलाई परिवर्तित गरुन…

प्रश्न

भ्रान्त शिक्षा दिने पंथ वा झूटो धर्ममा परेका व्यक्तिहरुलाई सुसमाचार सुनाउने सबैभन्दा उत्तम तरीका के हो?

उत्तर

भ्रान्त शिक्षाहरुलाई दिने पंथहरु वा झूटो धर्महरुमा सम्मिलित मानिसहरुको लागि सबैभन्दा महत्वपूर्ण कुरा जुन हामी उनीहरुको लागि गर्न सक्छौं त्यो प्रार्थना गर्नु हो। हामीलाई उनीहरुको लागि प्रार्थना गर्नु आवश्यक छ ता कि परमेश्वरले उनीहरुको हृदयहरुलाई परिवर्तित गरुन र सत्यको प्रति उनीहरुको आँखा खोलि दिउन (2 कोरिन्थी 4:4)। हामीले प्रार्थना गर्नु पर्छ कि परमेश्वरले उनीहरुलाई येशू ख्रीष्टद्वारा मुक्तिको आवश्यकताको लागि उनीहरुलाई कायल गरुन (यूहन्ना 3:16)। परमेश्वरको सामर्थ्य र पवित्र आत्माको कायलताको बिना, हामीले कसैलाई पनि सत्यको कायल गर्नको लागि सफलतालाई प्राप्त गर्न सक्दैनौ (यूहन्ना 16:7-11)।

हामीलाई साथैमा भक्तीमय ख्रीष्टियन जीवनलाई यापन गर्नु पर्छ, ता कि तिनी जो भ्रान्त शिक्षाको पंथहरु वा झूटो धर्महरुमा फँसेका छन त्यी परिवर्तनहरुलाई देख्न सकुन जसलाई परमेश्वरले हाम्रो आफ्नो जीवनहरुमा ल्याउनु भएको छ (1 पत्रुस 3:1-2)। हामीले त्यस ज्ञानको लागि प्रार्थना गर्नु पर्छ जसमा हामी उनीहरुको सेवा शाक्तिशाली तरीकाले गर्न सकौं (याकूब 1:5)। सबै मिलाएर यी सबै कुरा पछि, हामीले उनीहरुको साथ वास्तविक रूपमा सुसमाचार सुनाउनको लागि साहसी हुनु पर्छ। हामीले येशु ख्रीष्टद्वारा पाउने मुक्तिको सन्देशको घोषणा गर्नु पर्छ (रोमी 10:9-10)। हामीले सदैव हाम्रो विश्वासको प्रतिरक्षा गर्नको लागि तैयार रहन आवश्यकता छ (1 पत्रुस 3:15), तर हामीले यसलाई नम्रता र सम्मानको साथ गर्नु पर्छ। हामीले धर्मसिद्धान्तको सही तरीका बाट घोषणा गर्नु सक्छौं, शब्दहरुको युद्धलाई जित्न सक्छौं, र फेरी पनि रीसले भरिएको श्रेष्ठताको व्यवहारद्वारा ठोकरको कारण बन्न सक्छौं।

अन्तमा, हामीले मुक्तिको लागि उनीहरुलाई परमेश्वरको हातमा छोडी दिनु पर्छ जसलाई हामीले गवाही दिन्छौं। यो परमेश्वरको सामर्थ्य र अनुग्रह हो जसले मानिसहरुलाई बचाऊदछ, न कि हाम्रो आफ्नो कोशिशहरुले। जब कि यो राम्रो र बुद्धिमानले भरिएको छ कि एउटा शक्तिशाली बचावलाई दिनको लागि तैयार रहनु र झूटो मान्यताहरुको ज्ञान हुनु पर्छ, तर यस मध्य कुनै पनि त्यी मानिसहरुको मन परिवर्तनको परिणाम बन्दैन जुन भ्रान्त शिक्षाहरु दिने पंथहरु वा झूटो धर्महरुमा फँसेका छन्। सबैभन्दा उत्तम कार्य जुन हामीले गर्न सक्छौं त्यो उनीहरुको लागि प्रार्थना गर्नु, उनीहरुलाई गवाही दिनु, र उनीहरुको सामने ख्रीष्टियन जीवन यापन गर्नु, यस भरोसाको साथ गर्नु हो कि पवित्र आत्माले उनीहरुलाई आफ्नो तर्फ तान्नु, कायल गर्नु र मन परिवर्तनको कार्य गर्नु हुन्छ।

[English]



[नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश]

भ्रान्त शिक्षा दिने पंथ वा झूटो धर्ममा परेका व्यक्तिहरुलाई सुसमाचार सुनाउने सबैभन्दा उत्तम तरीका के हो?

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.