व्यवस्थित धर्मसिद्धान्त के हो?

प्रश्न व्यवस्थित धर्मसिद्धान्त के हो? उत्तर “व्यवस्थित प्रक्रिया” भन्नाले कुनै पनि कुरालाई व्यवस्थित तरीकाले गर्ने भने संकेत गर्दछ। त्यसैले, व्यवस्थित धर्मसिद्धान्त, धर्मसिद्धान्तको पद्धतिको त्यो एकाई हो जो विभिन्न क्षेत्रहरुको व्याख्या गर्दछ। उदाहरणको लागि, बाइबलको धेरै पुस्तकहरुले स्वर्गदूतहरुको बारेमा सूचना दिदछ। तर कुनै अरु पुस्तकले स्वर्गदूतहरुको बारेमा पूर्ण जानकारी दिदैन। व्यवस्थित धर्मसिद्धान्त स्वर्गदूतहरुको बारेमा सबै सूचनाहरुलाई…

प्रश्न

व्यवस्थित धर्मसिद्धान्त के हो?

उत्तर

“व्यवस्थित प्रक्रिया” भन्नाले कुनै पनि कुरालाई व्यवस्थित तरीकाले गर्ने भने संकेत गर्दछ। त्यसैले, व्यवस्थित धर्मसिद्धान्त, धर्मसिद्धान्तको पद्धतिको त्यो एकाई हो जो विभिन्न क्षेत्रहरुको व्याख्या गर्दछ। उदाहरणको लागि, बाइबलको धेरै पुस्तकहरुले स्वर्गदूतहरुको बारेमा सूचना दिदछ। तर कुनै अरु पुस्तकले स्वर्गदूतहरुको बारेमा पूर्ण जानकारी दिदैन। व्यवस्थित धर्मसिद्धान्त स्वर्गदूतहरुको बारेमा सबै सूचनाहरुलाई बाइबलको पुस्तकहरुमा एकत्र गर्दछ र यी शिक्षाहरुलाई श्रेणीबद्ध आधारित पद्धतिमा संगठित गर्दछ।

उचित धर्मसिद्धान्त वा पैतृकविज्ञान परमेश्वर पिताको अध्ययन गर्नु हो। ख्रीष्टविज्ञान पुत्र परमेश्वर, अर्थात् येशू ख्रीष्ट अध्ययन गर्नु हो। पवित्र आत्मा सम्बन्धको धर्मसिद्धान्त परमेश्वर पवित्रात्माको अध्ययन गर्नु हो। बाइबल सम्बन्धको धर्मसिद्धान्त बाइबलको अध्ययन गर्नु हो। मोक्ष सम्बन्धको धर्मसिद्धान्त उद्धारको अध्ययन गर्नु हो। मण्डली सम्बन्धको धर्मसिद्धान्त मण्डलीको अध्ययन गर्नु हो। युगान्त धर्मसिद्धान्त अन्त समयको अध्ययन गर्नु हो। स्वर्गदूतहरुको सम्बन्धमा धर्मसिद्धान्त स्वर्गदूतहरुको अध्ययन हो। ख्रीष्टियन दुष्टात्मा सम्बन्धको धर्मसिद्धान्त ख्रीष्टियन दृष्टिकोणबाट दुष्टात्माहरुको अध्ययन गर्नु हो। ख्रीष्टियन मानवविज्ञान ख्रीष्टियन दृष्टिकोणबाट मानिसको अध्ययन गर्नु हो। पाप सम्बन्धको धर्मसिद्धान्त पापको अध्ययन गर्नु हो। व्यवस्थित धर्मसिद्धान्त बाइबललाई एक संगठित तरीका बाट बुझ्नमा हम्रो सहायताको लागि एक महत्वपूर्ण औजार हो।

व्यवस्थित धर्मसिद्धान्तको अतिरिक्त, अन्य अरुपनि तरीका छ जसमा धर्मसिद्धान्तलाई विभाजन गर्न सकिन्छ। बाइबल आधारित धर्मसिद्धान्त बाइबलको कुनै एक निश्चित पुस्तक (वा पुस्तकहरु) को अध्ययन गर्न र धर्मसिद्धान्तको विभिन्न पक्षहरुको माथि जोर दिन्छ जसले ध्यान केन्द्रित गर्दछ। उदाहरणको लागि, यूहन्नाको सुसमाचार धेरै अधिक ख्रीष्टियज्ञान को माथि आधारित छ किनकी यो धेरै ख्रीष्टको ईश्वरत्वको माथि ध्यान केन्द्रित गर्दछ (यूहन्ना 1:1, 14; 8:58; 10:30; 20:28)। ऐतिहासिक धर्मसिद्धान्त धर्मसिद्धान्तहरु र यो मण्डलीमा युगौको मध्यहान् विकासित भएको अध्ययन हो– उदाहरणको लागि, कॉल्विनको धर्मसिद्धान्त र शताब्दीहरुको धर्मसिद्धान्त। समकालीन धर्मसिद्धान्त धर्मसिद्धान्तहरुको यस्तो अध्ययन हो जुन अहिले हालको वर्षहरुमा ध्यानमा आएको छ वा विकसित भएको छ। यो कुराले कुनै अर्थ राख्दैन कि धर्मसिद्धान्तलाई कुनै तरिकाले अध्ययन गर्न सकिन्छ, महत्वपूर्ण यो हो कि धर्मसिद्धान्तको अध्ययन गरिओस्।

[English]



[नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश]

व्यवस्थित धर्मसिद्धान्त के हो?

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.