सात घातक पापहरु के हुन्?

प्रश्न सात घातक पापहरु के हुन्? उत्तर सात घातक पापहरु एउटा यस्तो सूची हुन् जसलाई आरम्भिक मसीह विश्वासीहरूद्वारा पतित मनुष्यको पाप गर्ने प्रवृतिको सम्बन्धमा अनुयायिहरुलाई शिक्षा र निर्देश दिनको लागि उपयोग उपयोग गरिएको थियो। सात “घातक” पापहरुको सूचीको बारेमा गलत विचारधारा यो हो कि यो यस्तो पाप हो जसलाई परमेश्वरले क्षमा गर्नु हुन्न। बाइबलले यो…

प्रश्न

सात घातक पापहरु के हुन्?

उत्तर

सात घातक पापहरु एउटा यस्तो सूची हुन् जसलाई आरम्भिक मसीह विश्वासीहरूद्वारा पतित मनुष्यको पाप गर्ने प्रवृतिको सम्बन्धमा अनुयायिहरुलाई शिक्षा र निर्देश दिनको लागि उपयोग उपयोग गरिएको थियो। सात “घातक” पापहरुको सूचीको बारेमा गलत विचारधारा यो हो कि यो यस्तो पाप हो जसलाई परमेश्वरले क्षमा गर्नु हुन्न। बाइबलले यो स्पष्ट गर्दछ कि केवल एउटा मात्र यस्तो पाप छ जसलाई परमेश्वरले क्षमा गर्नु हुन्न निरन्तर अविश्वासको पाप, किनकी यो क्षमा पाउने तरीका– येशू ख्रीष्ट र क्रूसको माथि वैकल्पिक मृत्युलाई नै स्वीकार गर्नु बाट इन्कार गर्नु हो।

के सात घातक पापहरुको विचार बाइबलीय हो? हो र होइन। हितोपदेश 6:16-19 ले घोषणा गर्दछ कि, “छओटा कुराहरु छन्, जसलाई परमप्रभुले घृणा गर्नु हुन्छ, सातओटा जो उहाँको नजरमा घृणित छन्: 1) अहंकारी आँखा, 2) झूट बोल्ने जिब्रो, 3) निर्दोषको रगत बगाउने हात 4) दुष्ट योजनाहरु रच्ने हृदय, 5) खराबी काम गर्न झट्टै अग्रसर हुने खुट्टा, 6) असत्य बोल्ने झोटो साक्षी, र 7) दाजु-भाइहरुका माझमा झगडा उठाउने मानिस।” जबकि, यो सूची त्यो होइन जसमा अधिकांश मानिसहरुले सात घातक पापहरुको रुपलाई बुझ्दछ।

6औं शताब्दीमा पोप ग्रेगरी महानको अनुसार, सात घातक पापहरु यस प्रकारका छन्: धमण्ड, ईर्ष्या, घिचुवापन, वासना, क्रोध, लालच, र अल्छीपना हो। जबकि यी पापहरु बाट इन्कार गर्न सकिदैन, तर यिनीहरुलाई कहिल्यै पनि बाइबलमा “सात घातक पापहरु” को रुपमा विवरण गरिएको छैन। सात घातक पापहरुको पारंपरिक सूची धेरै भिन्न भिन्न रुपमा पापहरुको पापको श्रेणिहरुलाई बताउनको लागि आज अस्तित्वमा एउटा राम्रो तरीकाको रूपमा कार्य गर्नु सक्छ। पापको लगभग प्रकारलाई सात श्रेणिहरु मध्य कुनै एउटाको अंतर्गत राख्न सकिन्छ। सबै भन्दा महत्वपूर्ण कुरा, हामीलाई यो थाहा हुनुपर्छ कि यी सात पाप अन्य पापहरुको अपेक्षा धेरै “घातक” हुदैन। सबै पापहरुको परिणाम मृत्यु नै हो (रोमी 6:23)। परमेश्वरको स्तुति होस्, येशू ख्रीष्टद्वारा, हाम्रो सबै पाप, जसमा “सात घातक” पनि सम्मिलित छन् सबैलाई क्षमा गरि दिनु हुन्छ (मत्ती 26:28; प्रेरित 10:43; एफिसी 1:7)।

[English]



[नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश]

सात घातक पापहरु के हुन्?

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.