के परमेश्वरको सामने सारा पापहरु बराबर हुन्?

प्रश्न के परमेश्वरको सामने सारा पापहरु बराबर हुन्? उत्तर मत्ती 5:21-28 मा, येशूले व्यभिचारको पापलाई आफ्नो हृदयमा वासना गर्ने र हत्यालाई आफ्नो हृदयमा घृणा राखनेलाई बराबर मान्नुहुन्छ। येशूले जुन कुरा फरीसिहरुलाई बताउन कोशिश गरि रहनुभएको थियो त्यो यो कि पाप पाप नै हुँदछ चाहे हामीले त्यसलाई वास्तविक अर्थको साथमा गर्ने कोशिश नै किन न गरौँ।…

प्रश्न

के परमेश्वरको सामने सारा पापहरु बराबर हुन्?

उत्तर

मत्ती 5:21-28 मा, येशूले व्यभिचारको पापलाई आफ्नो हृदयमा वासना गर्ने र हत्यालाई आफ्नो हृदयमा घृणा राखनेलाई बराबर मान्नुहुन्छ। येशूले जुन कुरा फरीसिहरुलाई बताउन कोशिश गरि रहनुभएको थियो त्यो यो कि पाप पाप नै हुँदछ चाहे हामीले त्यसलाई वास्तविक अर्थको साथमा गर्ने कोशिश नै किन न गरौँ। येशूको दिनहरुको धार्मिक अगुवाहरुले यो शिक्षा दिएका थिए कि कसैको बारेमा सोच्न तब सम्म ठीक छ, जब सम्म तपाईं यी इच्छाहरुलाई आफ्नो कार्यमा पूरा गर्नु हुन्न। येशूले तिनीहरुलाई यो महसूस गर्न लाई जोर दिनुभयो कि परमेश्वर एक व्यक्तिको विचारहरुको साथै उसको कार्यहरुको पनि न्याय गर्नु हुन्छ। येशूले यो घोषणा गर्नु भयो कि हाम्रो कार्य हाम्रो हृदयमा भएको कुराको परिणाम हुँदछ (मत्ती 12:34)।

यस करणले, जबकि येशूले भन्नुभयो कि वासना र व्यभिचार दुबै पाप हुन्, यसको अर्थ यो हैन कि यी दुबै बराबर हुन्। कुनै व्यक्तिको साथ घृणा गर्नुको अपेक्षा कुनै व्यक्तिको वास्तवमा हत्या गर्नु भन्दा धेरै खराब हो, जबकि यी दुबै परमेश्वरको आँखमा पाप हुन्। पापको स्तर छ। केहि पाप अन्यहरुको अपेक्षामा धेरै खराब हुन्छन। ठीक त्यही समय, अनन्तकालीन परिणामहरु र उद्धार दुबैको सम्बन्धमा, सबै पाप एक जस्तै हुन्। प्रत्येक पापले अनन्तकालीन दोषको तर्फ लिएर जादछ (रोमी 6:23)। सबै पाप, चाहे त्यो कतिनै “सानो” किन नहोस् त्यो असीमित र शाश्वत परमेश्वरको विरोधमा हो त्यसैले परिणामस्वरूप एक असीमित र शाश्वत दण्डको योग्य छ। यसको अतिरिक्त, कुनैपनि पाप यति “ठूलो” हुदैन जसलाई परमेश्वरले क्षमा दिन सक्नुहुदैन। येशू पापको दण्डलाई तिर्नको लागि मर्नुभयो (1 यूहन्ना 2:2)। येशू हाम्रो सबै पापहरुको लागि मर्नुभयो (2 कोरिन्थी 5:21)। के सबै पाप परमेश्वरको सामने बराबर हुन्? हो वा होइन। आफ्नो गंभीरतामा? होइन। आफ्नो दण्डमा? हो। आफु क्षमा गरिनुमा? हो।

[English]



[नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश]

के परमेश्वरको सामने सारा पापहरु बराबर हुन्?

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.