अश्लील साम्रगीको बारेमा बाइबल ले के भन्दछ? के अश्लील साम्रगी हेर्नु पाप हो?

प्रश्न अश्लील साम्रगीको बारेमा बाइबल ले के भन्दछ? के अश्लील साम्रगी हेर्नु पाप हो? उत्तर इंटरनेटमा सबै भन्दा धेरै खोजी गर्ने शब्दहरु अश्लील साम्रगीसँग संबंधित हुन्। आजको संसारमा अश्लील साम्रगी अत्याधिक मात्रमा भरिएको छ। शायद कुनै पनि अन्य चीजको तुलनामा, शैतानले यौनको साथ तोड़-मोडेर गरेर भ्रष्ट पर्नमा सफलता प्राप्त गरेको छ। त्यसले यिनीहरु मध्य असल…

प्रश्न

अश्लील साम्रगीको बारेमा बाइबल ले के भन्दछ? के अश्लील साम्रगी हेर्नु पाप हो?

उत्तर

इंटरनेटमा सबै भन्दा धेरै खोजी गर्ने शब्दहरु अश्लील साम्रगीसँग संबंधित हुन्। आजको संसारमा अश्लील साम्रगी अत्याधिक मात्रमा भरिएको छ। शायद कुनै पनि अन्य चीजको तुलनामा, शैतानले यौनको साथ तोड़-मोडेर गरेर भ्रष्ट पर्नमा सफलता प्राप्त गरेको छ। त्यसले यिनीहरु मध्य असल र सत्य कुराहरुलाई (श्रीमान र श्रीमती मध्यमा प्रेम भरिएको यौन सम्बन्ध) लिएको छ र यसलाई वासना, अश्लील सामग्री, व्यभिचार, बलात्कार र समलैंगिकता र अनैतिकतासँग बदलिएको छ (रोमी 6:19)। अश्लील साम्रगीको लतले भरिएको स्वभावलाई राम्रोसँगले दस्तावेज गरिएको छ। ठीक त्यसै गरि जसरी औषधिहरुको नशा गर्नेहरुले धेरै भन्दा धेरै शक्तिशाली औषधिहरुको सेवन उसले “उच्चतम” स्तरलाई प्राप्त गर्नको लागि उपयोग गर्दछ, अश्लील साम्रगी पनि एउटा व्यक्तिलाई धेरै गहिरो भन्दा गहिरो निर्दयी-तरीकाको यौन क्रीड़ाको लत र अधार्मिक इच्छाहरुको तर्फ लिएर जान्दछ।

पापको तीन मुख्य श्रेणिहरु शरीरको वासना हो, आँखाको वासना, र जीवनको घमण्ड हो (1 यूहन्ना 2:16)। अश्लील साम्रगी निश्चित रूपमा हाम्रो शरीरको लागि वासनाको कारण बन्दछ, र इन्कार नगरेमा यो आँखाको एउटा वासना हुनेछ। फिलिप्पी 4:8 को अनुसार अश्लील साम्रगी निश्चित रूपले त्यी कुराहरु मध्य होइनन जसको लागि हामीमा सोच्ने योग्यता हुनुपर्छ। अश्लील साम्रगी एउटा लत हो (1 कोरिन्थी 6:12; 2 पत्रुस 2:19), र विनाशकारी हो (हितोपदेश 6:25-28; इजेकिएल 20:30; एफिसी 4:19)। आफ्नो हृदयमा कोहि अरु प्रति वासना राख्नु, अश्लील साम्रगीको सार हो, यो परमेश्वरको सामने घिनलाग्दो हो (मत्ती 5:28)। जब एउटा व्यक्तिको जीवनमा अश्लील साम्रगीको लागि अभ्यस्त भक्तिको विशेषता पाइन्छ र त्यो निरन्तर बिना सहायता पाई त्यस पापमा जीवन यापन गर्दछ, त्यसलाई रोक्नको लागि कसैले पनि प्रयास गर्दैनन, वा आफ्नो व्यवहारमा परिवर्तन ल्याउने उसमा केहि इच्छा हुदैन, तब यसले यो दर्शाउछ छ कि त्यो व्यक्ति बचाइन सक्दैन (1 किरिन्थी 6:9)।

जो मानिस अश्लील साम्रगीलाई हेर्नमा सम्मिलित छन् उनीहरुको लागि, परमेश्वरले विजय दिन सक्नु हुन्छ र दिनु हुन्छ। के तपाईं अश्लील साम्रगीलाई हेर्नमा सम्मिलित हुनुहुन्छ र यसबाट छुटकारा पाउने इच्छा राख्नु हुन्छ? यहाँ निर विजय प्राप्त गर्नको लागि केहि उपाय दिएको छ: 1) परमेश्वरको सामने आफ्नो पाप स्वीकार गर्नु (1 यूहन्ना 1:9)। 2) परमेश्वर बाट शुद्ध, नवीनकृत, र आफ्नो हृदयको परिवर्तनको लागि प्रार्थना गर्नु (रोमी 12:02)। 3). परमेश्वर बाट आफ्नो हृदयलाई फिलिप्पी 4:8 को साथ भर्नको लागि प्रार्थना गर्नु 4). आफ्नो शरीरमा पवित्रतालाई धारण गर्नु सिक्नु (1 थेसलोनिकी 4:3-4)। 5). यौनको उचित अर्थकलाई बुझ्नु र आफ्नो जीवन साथीमा नै आफ्नो आवश्यकताको पूर्तिको लागि भरोसा सिक्नु (1 कोरिन्थी 7:1-5)। 6) यो याद रख्नु कि यदि तपाईं आत्मा अनुसार हिड्नु भयो भने, तपाईं शरीरको वासनालाई पूरा गर्नु सक्नु हुनेछैन (गलाती 5:16)। 7). स्वयंलाई दृश्य चित्रहरु देखि बचाउनको लागि व्यवहारिक कदमहरु उठाउनु। आफ्नो कंप्यूटरमा अश्लील साम्रगी वा दृश्य चलचित्रहरुलाई रोक्ने खालको प्रोग्रामलाई लगाउनु, टेलीविजन र वीडियोको उपयोगलाई सीमित गर्नु, र कुनै अन्य मसीह विश्वासीलाई खोज्नु जसले तपाईंको लागि प्रार्थना गर्न सकुन र तपाईं जवाबदेह बानी रहनको लागि सहायता प्रदान गरुन।

[English]



[नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश]

अश्लील साम्रगीको बारेमा बाइबल ले के भन्दछ? के अश्लील साम्रगी हेर्नु पाप हो?

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.